२९ असार २०८३, सोमबार

नेप्से परिसूचक झण्डै ६ अंकले ओरालो

नेप्से परिसूचक झण्डै ६ अंकले ओरालो
प्रतिकात्मक तस्वीर

धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक झण्डै ६ अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारमापक नेप्से परिसूचक ५ दशमलव ९१ अंकले ओरालो लागेर २ हजार ५६ दशमलब ८८ अंकमा ओर्लिएको छ । 

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ६८ अंकले घटेर ३९५ दशमलव ७५ मा सीमित भएको छ । नेप्से परिसूचकको ओरालो यात्रासँगै कारोबार रकम समेत सस्तोमा समेटिएको छ । कूल २१८ कम्पनीको ४६ लाख ४० हजार ८४४ कित्ता शेयर १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४७ मूल्यमा खरिद बिक्री भए । 

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये बुधवार २ उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैंकिङ ५ दशमलव ३१, व्यापार ३१ दशमलव ८७, होटल तथा पर्यटन ११ दशमलव ६३, विकास बैंक ७ दशमलव ६१, जलविद्युत् १२ दशमलव ३५, वित्त १६ दशमलव १५, निर्जीवन बीमा ७५ दशमलव ८२, अन्य ४ दशमलव ६६, लघुवित्त १५ दशमलव ५१, जीवन बीमा ९ दशमलव ७३ र सामूहिक लगानी कोष ० दशमलव १ अंकले ओरालो लागेको छ । 

उत्पादन २७ दशमलव १ र लगानी ० दशमलव ४७ अंकले उकालो लागेको छ । बुधवारको कारोबारपछि बजार पुँजीकरण २९ खर्ब ३६ अर्ब ७८ करोड २४ लाख २८ हजार ४५३ रुपैयाँ बराबर रहेको छ । 

कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ । कोषको १० करोड ६८ लाख ७९ हजार ४६७ रुपैयाँ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट ६ करोड ८८ लाख ४८ हजार १०२ रुपैयाँ, हिमालयन डिस्टिलरी ६ करोड ७१ लाख ३७ हजार १६५, नबिल बैंक ६ करोड ४६ लाख ८९ हजार ४२० र नेपाल दूरसञ्चार कम्पनी ४ करोड ६८ लाख ६१ हजार २२६ रुपैयाँ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भए । 

नेप्सेका अनुसार हिमालयन हाइड्रोपावर ९ दशमलव ९७, युनिलिभर नेपाल ४ दशमलव ३०, सिटिजन म्युचुअल फण्ड १ दशमलव ४, विन नेपाल लघुवित्त ३ दशमलव ५२ र उपकार लघुवित्तका लगानीकर्ताले २ दशमलव ८२ अंकले कमाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्