१९ असार २०८३, शुक्रबार

चार्टर्ड एकाउण्टेण्टस् सङ्घ र एमएडब्लू इण्टरप्राइजेजबीच व्यापारिक सम्झौता

चार्टर्ड एकाउण्टेण्टस् सङ्घ र एमएडब्लू इण्टरप्राइजेजबीच व्यापारिक सम्झौता

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता रहेको एमएडब्लू इण्टरप्राइजेज र नेपाल चार्डर्ड एकाउण्टेण्टस सङ्घबीच व्यापारिक सम्झौता भएको छ । 

उक्त सम्झौता दुई कम्पनीबीचको व्यापार प्रवर्द्धन गर्न तथा दुई पक्षीय बृहत्तर हित पूर्याउने उद्देश्यको साथ भएको बताइएको छ । 

कम्पनीहरूसँग परस्परिक सम्बन्ध विकास गरी सो कम्पनीहरूलाई आफ्ना बाइक तथा स्कुटरहरू लिनका लागि सहज तथा अनुकुल वातावरण सृजना गरी सहयोग पुर्याउने अभिप्रायको साथ एमएडब्लू इण्टरप्राइजले यस्तो सम्झौता सुरू गरेको यामाहा नेपालका सिइओ राजु क्षेत्रीले बताए । 

यस सम्झौताअन्तर्गत अब आफ्ना कर्मचारीहरुले सहुलीयत मूल्य तथा सुविधाजनक किस्तामा यामाहाका बाइक/स्कुटर लिन सक्ने एकाउण्टेण्टस सङ्घले बताएको छ । 

सम्झौतामा हस्ताक्षर गर्दै यामाहा नेपालका सिइओ राजु क्षेत्रीले यस किसिमको सम्झौताले दुबै पक्षलाई फाइदा पुर्याउने बताए । साथै, आगामी दिनहरूमा यस किसिमका सम्झौताहरू एमएडब्लूले अन्य कम्पनीहरूसँग पनि गर्ने सिईओ क्षेत्रीले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्