×

NMB BANK
NIC ASIA

'बोयकट बलिउड'को चर्चा

भारतमा बलिउड बहिष्कार अभियानभित्रको राजनीति– किन निशानामा पर्दैछन् मेगा स्टारहरू ?

साउन २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

विगत केही वर्षयता हिन्दी सिनेमा जगत् अर्थात् बलिउडलाई बहिष्कार गर्नुपर्ने माग सामाजिक सञ्जालमा जोडतोडका साथ उठिरहेको छ । 

Muktinath Bank

ट्विटरमा ह्याशट्याग बोयकटबलिउड तथा विभिन्न संस्करण प्रायः ट्रेन्डिङमा रहने गरेको छ । विशेषगरी बलिउडका ठूला स्टारहरूको चलचित्र सार्वजनिक हुने बेलामा यस्तो किसिमको ह्याशट्याग चलाउने गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार सार्वजनिक भएको आमिर खानको फिल्म लाल सिंह चड्ढा र अक्षय कुमारको फिल्म रक्षा बन्धन दुवैले सामाजिक सञ्जालमा शस्त्रीकृत गरिएको बलिउडघृणाको शिकार बन्नुपरेको छ । यस्तो बहिष्कार अभियानले यी फिल्महरूको व्यापारलाई समेत असर पारेको छ । 


Advertisment
Nabil box
Kumari

आमिरको फिल्मले पहिलो दिन कम्तीमा २० करोड भारुको व्यापार गर्ने अपेक्षा ट्रेड एनालिस्टहरूले गरेका थिए तर त्यसको आधा जति मात्र व्यापार गरेको बताइन्छ ।

Vianet communication
Laxmi Bank

अक्षयको फिल्मले झन् ७ करोड भारु जतिको मात्र व्यापार गरेको छ । बलिउडप्रति किन यस्तो किसिमको घृणा फैलिरहेको हो ? यसमा विभिन्न कारण छन् । 

पहिलो त, भारतमा चलिरहेको हिन्दूत्वको राजनीतिको कोपभाजनमा बलिउड परेको हो । बलिउड फिल्महरूले हिन्दू धर्मको अपमान गर्ने गरेको हिन्दूत्ववादीहरूको आरोप छ । 

आमिर खानको अघिल्लो फिल्म पीकेले हिन्दू धर्मका देवीदेवताको मानमर्दन गरेको अनि आफ्नो मुस्लिम धर्ममा रहेका तमाम विकृतिको कहिले पनि चर्चा नगरेको उनीहरूको गुनासो छ । अनि पछिल्लो फिल्म लाल सिंह चड्ढामा पाकिस्तानी आतंकवादीलाई भारतीय सैनिकले साथी तथा व्यापारिक साझेदार बनाएको कुरा अपाच्य भएको उनीहरूको भनाइ छ ।

बलिउडमा मुसलमानहरूको सशक्त उपस्थिति पहिलेदेखि नै रहिआएको छ । गत मे महिनामा प्रकाशित इरा भास्कर र रिचर्ड एलनको पुस्तक ‘बम्बे सिनेमाज इस्लामिकेट हिस्ट्रीज’ मा उर्दू पारसी नाटक, लखनउको गणिका नाच संस्कृति, गजल, कव्वाली लगायतका पर्सियाली–अरबी परम्पराबाट बलिउडका कथावाचन प्रणालीहरू प्रभावित भएको उल्लेख छ । 

बलिउडमा व्याप्त मुस्लिम प्रभावका कारण हिन्दूविरोधी प्रचारबाजी हुने गरेको हिन्दूत्ववादीहरू बताउँछन् । एक महिनाअघि आएको ‘जनहित में जारी’ नामक फिल्ममा शौचालयको कमोडलाई तिलक लगाउने दृश्यदेखि आउन लागेको फिल्म ‘ब्रह्मास्त्र’मा रणवीर कपूरको चरित्रले जुत्ता लगाएर मन्दिरभित्रको घन्टी बजाएको दृश्यसम्मलाई बलिउडको हिन्दूविरोधी एजेन्डाका रूपमा हेरिएको छ । 

बलिउडमा व्याप्त त्यही मुस्लिम प्रभावका कारण हिन्दूविरोधी प्रचारबाजी हुने गरेको हिन्दूत्ववादीहरू बताउँछन् । एक महिनाअघि आएको ‘जनहित में जारी’ नामक फिल्ममा शौचालयको कमोडलाई तिलक लगाउने दृश्यदेखि आउन लागेको फिल्म ‘ब्रह्मास्त्र’मा रणवीर कपूरको चरित्रले जुत्ता लगाएर मन्दिरभित्रको घन्टी बजाएको दृश्यसम्मलाई बलिउडको हिन्दूविरोधी एजेन्डाका रूपमा हेरिएको छ । 

त्यसो त बलिउडमा हिन्दूहरूकै बाहुल्य छ तर उनीहरू धर्मलाई सम्मान नगर्ने नाम मात्रका हिन्दू (हिन्दुज इन नेम ओन्ली) भएको आरोप लगाइन्छ । त्यससँगै बलिउडको वामपन्थी–उदारवादी धारले हिन्दूहरूको मजाक उडाउनका लागि कुनै मौका नछोड्ने गरेको हिन्दूत्ववादीहरू आरोप लगाउँछन् ।

उनीहरू दक्षिण भारतीय फिल्म कलाकारसँग बलिउड कलाकारको तुलना गर्दै बलिउडको आलोचना गर्ने गर्छन् । दक्षिण भारतीयहरूले धर्मको उच्च सम्मान गर्दै रीतिरिवाज र संस्कृतिलाई गर्वका साथ अपनाउने गरेको तर बलिउड कलाकारहरू धर्मलाई मजाकमा उडाउन मन पराउने उनीहरूको तर्क छ । 

एसएस राजामौलीको ब्लकबस्टर फिल्म ‘आरआरआर’को सफलतापछि त्यसका प्रमुख कलाकारहरू राम चरण र जुनियर एनटीआरले हिन्दू व्रत पालन गरेको यहाँ स्मरणीय छ । 

राम चरणले ४१ दिनसम्म अयप्पा दीक्षा व्रत लिएका थिए । कालो वस्त्र लगाएर निधारमा तिलकका साथ उनी व्रत बसेका थिए । त्यस्तै जुनियर एनटीआरले गेरुवा वस्त्र लगाएर आञ्जनेय माला (हनुमान दीक्षा) व्रत ४१ दिनसम्म लिएका थिए । हिन्दू परम्परा र संस्कृतिको अनुशीलन गरेको भनी उत्तर भारतीयहरूले समेत उनीहरूको प्रशंसा गरेका छन् । 

हिन्दूत्ववादीहरूलाई चित्त नबुझ्ने गरी विगत तीन दशकमा बलिउडमा राज गर्ने सुपरस्टारहरू मुसलमान हुन् । उदारीकरणको युग शुरू भएपछि भारतमा देखिएको आर्थिक प्रगति तथा विश्वव्यापीकरणलाई प्रतिबिम्बित गर्ने शाहरुख, सलमान र आमिरका फिल्महरू नै थिए । 

अहिले खानहरूको प्रभाव क्रमशः अस्ताउँदै गएको बेलामा उनीहरूमाथिको आक्रमण पनि बढिरहेको हो । उनीहरूको धार्मिक पहिचानलाई राष्ट्रवादसँग जोडेर समेत प्रहार हुन थालेको देखिन्छ । शाहरुख र आमिरले भारतमा बस्न डर लाग्न थालेको भन्ने किसिमको बयान दिएपछि उनीहरूको देशभक्तिमा प्रश्न उठाएर घृणाका सन्देशहरू तीव्रताका साथ प्रवाहित गरिएको थियो । 

घृणाका सन्देश फैलाउने क्रममा बग्रेल्ती खुलेका यूट्युब च्यानलहरूको पनि ठूलो भूमिका छ । ती च्यानलहरूमा बलिउड कलाकारका यौन जीवन तथा लागूऔषध दुर्व्यसनका विषयमा निकै सनसनीखेज सामग्रीहरू पस्किइने गरेको छ । चरित्रहत्या गर्ने यस किसिमका भिडियोहरूका बारेमा बीबीसीले तयार पारेको सामग्री दर्शनीय छ ।  

घृणामा आधारित यस बहिष्कार अभियानमा बलिउड घराना भन्दा फरक पृष्ठभूमिका कलाकारका समर्थकहरू समेत जोडिएका छन् । विशेषगरी दुई वर्षअघि सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउड बहिष्कारको अभियानले गति पाएको हो । बलिउडको भाइभतिजावादी संस्कृतिले सुशान्तलाई सधैं खेदेको र अघि बढ्न नदिएको गुनासो उनका समर्थकहरू लगाउने गर्छन् । 

त्यसैले बलिउड घरानाका कलाकारहरूको फिल्म सार्वजनिक भएपिच्छे सुशान्तका समर्थकहरूले बोयकट बलिउड अभियान चलाउने गरेका छन् । नेपोकिड्स (बलिउडमा स्थापित कलाकारका छोराछोरी) को फिल्मलाई फ्लप बनाउनुपर्ने आग्रह गर्दै उनीहरूले यस्तो अभियान चलाउने गरेका हुन् । 

यस्तो अभियान चलेपछि करीना कपूरलाई एक पत्रकारले प्रश्न सोध्दा उनले ‘बलिउडमा नेपोटिजमको समस्या छ जस्तो लाग्छ भने हाम्रो फिल्म नहेरे भैगो नि, कसले कर गरेको छ’ भनी ठाडो जवाफ दिइन् । त्यही जवाफलाई आधार बनाएर करीनाका पछिल्ला फिल्महरूलाई बहिष्कार गर्ने सिलसिला चलिरहेको छ । 

तर हिन्दूहरूले यस्तो किसिमको बहिष्कार गर्नुको तुक नरहेको स्वराज्य पत्रिकामा तुषार गुप्ता तर्क गर्छन् । उनका अनुसार, बलिउडलाई बहिष्कार गर्नुभन्दा आफ्नो बनाउनु हिन्दूहरूका लागि उचित विकल्प हो । 

दोस्रो विश्वयुद्धपछि युरोपको पुनर्निर्माणमा अमेरिकाले गरेको सहयोगका विषयमा बनेका लगभग २५० वटा फिल्ममा अमेरिकी लगानीका कारण अमेरिकाको सफ्ट पावर बढेको उदाहरण उनी पेश गर्छन् । 

अहिले भारतको अर्थतन्त्रमा वृद्धि भइरहेको बेलामा बलिउडलाई बन्द गराउने नभई हिन्दूसमर्थक फिल्म बनाउन जोड दिनुपर्ने उनको भनाइ छ । तान्हाजी र द कश्मीर फाइल्सको सफलताले त्यसको पथप्रदर्शन गरिसकेको गुप्ता उल्लेख गर्छन् । 

त्यसो त बलिउड आफैंले पनि आफ्नोविरुद्ध घृणाको वातावरण बनाउने काम गरिरहेको भन्न सकिन्छ । मौलिक कथाको अभावमा बलिउडले हलिउड, अन्य विदेशी सिनेमा र दक्षिण भारतीय वा अन्य क्षेत्रीय सिनेमाको रिमेकमा बढी जोड दिन थालेको छ । 

त्यसैले कतिपय बलिउडविरोधी अभियन्ताले गिल्ला गर्दै यसलाई कपीउडको संज्ञा समेत दिएका छन् । अहिले त दक्षिण भारतीय फिल्मले निकै राम्रो व्यापार गर्न थालेकाले बलिउडमाथि चुनौती तेर्सिएको छ । बलिउडले अर्ग्यानिक विषयवस्तु प्रस्तुत गर्न नसकिरहेको अवस्थामा झन् धर्म तथा राष्ट्रभक्तिको कसीमा राखेर त्यसको तीव्र आलोचना भइरहेको हो । 

तर जतिसुकै बहिष्कारको नारा लागे पनि वा पतनतर्फ उन्मुख भए पनि बलिउडको सफ्ट पावर अझै कायम छ । यसको शक्तिको महत्त्व मोदी सरकारले बुझेको छ । त्यही बुझाइका साथ यसलाई नियन्त्रणमा लिन खोजेको पत्रकार कावेरी बामजई बताउँछिन् । 

हिन्दी सिनेमाको हिन्दूकरणकै अभीष्टका साथ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नो राज्यमा फिल्म नगरी निर्माण गर्न खोजिरहेका छन् । ग्रेटर नोइडाको गौतमबुद्ध नगरमा बनाउन खोजिएको फिल्म नगरी १६ सय बिघाभन्दा बढी क्षेत्रमा फैलिएको हुनेछ । यसको लागत ६ हजार करोड हुने बताइन्छ । यसमा हिन्दू धर्मलाई सम्मान गर्ने कलाकार तथा निर्माता निर्देशकलाई प्रोत्साहन गरिनेछ । 

उनका अनुसार, सरकारले फिल्म उद्योगका प्रभावशाली हिन्दूहरूलाई हिन्दू राज्य निर्माणका लागि माहोल तयार पार्न लगाइरहेको छ । त्यस राज्यको आधारशिला हिन्दू धर्मप्रतिको आस्था र देशभक्ति हुनेछ ।

अजय देवगण, अक्षय कुमार, कंगना रनावत र विवेक अग्निहोत्री त्यस कार्यमा बढी अग्रसर देखिएका छन् । दी एक्सिडेन्टल प्राइम मिनिस्टर, उरी : द सर्जिकल स्ट्राइक, सूर्यवंशी, सम्राट् पृथ्वीराज चौहान लगायतका फिल्महरू त्यही कडीमा बनेका हुन् ।

हिन्दी सिनेमाको हिन्दूकरणकै अभीष्टका साथ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नो राज्यमा फिल्म नगरी निर्माण गर्न खोजिरहेका छन् । ग्रेटर नोइडाको गौतमबुद्ध नगरमा बनाउन खोजिएको फिल्म नगरी १६ सय बिघाभन्दा बढी क्षेत्रमा फैलिएको हुनेछ । यसको लागत ६ हजार करोड हुने बताइन्छ । यसमा हिन्दू धर्मलाई सम्मान गर्ने कलाकार तथा निर्माता निर्देशकलाई प्रोत्साहन गरिनेछ । 

नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि निर्वाचित भएमा बलिउडमाथिको आक्रमण थप बढ्ने आकलन गर्न सकिन्छ । पोहोर साल शाहरुख खानका छोरा आर्यन खान लागूऔषध मुद्दामा फस्दा उनीहरूमाथि गरिएको शाब्दिक आक्रमणले त्यसको झलक दिइसकेको छ । 

त्यससँगै बलिउडको हिन्दूकरण अभियानले पनि तीव्रता पाउनेछ । हिन्दू इतिहासलाई गौरवका साथ प्रस्तुत गर्ने फिलमकर्मीहरूलाई प्रोत्साहन गरिनेछ । तर कलामा नभई एजेन्डामा जोड दिइएमा ती फिल्महरूको हविगत अक्षय कुमारको ‘सम्राट् पृथ्वीराज चौहान’को जस्तो हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x