×

NMB BANK
NIC ASIA

कैलालीका ३२ आमा साक्षर बन्ने दौडमा

साउन २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कैलालीका धेरै पालिका साक्षर पालिका घोषणा भइसकेका छन् । पालिका साक्षर घोषणा भए पनि पालिकाभित्र लेखपढ गर्न नजान्नेको पढ्न, लेख्न सिक्ने धोको पूरा भएको छैन ।

Sagarmatha Cement
Muktinath Bank

कैलालीको जानकी गाउँपालिका पनि साक्षर घोषणा भइसकेको छ । करीब १५–५९ वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा धेरै नागरिक साक्षर भएको तथ्यांकपछि पालिकालाई साक्षर घोषणा गरिएको हो तर पालिकामा केहीले पढ्न, लेख्न नजान्ने भएकाले सबैलाई साक्षर बनाउन २ नम्बर वडामा अहिले साक्षरता कक्षा सञ्चालन भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगतमा पढ्न नपाएर साक्षर हुन नसकेकी २ नम्बर वडाको खैरेहनीकी निर्मला जोशी अहिले निकै मेहनतका साथ साक्षरता कक्षामा सहभागी छिन् । ‘पहिला पढेको छैन, अहिले नाम लेख्न जान्न सकिन्छ कि भनेर पढ्न थालेकी हुँ,’ निर्मलाले भनिन्, ‘आफ्नो नाम लेख्ने, सामान्य अरुले लेखेको पढ्न सक्ने भए पुग्छ ।’


Advertisment
Nabil box
Kumari

उनले पहिलेको जमाना छोरी पढाउने नभएकाले पढ्न नपाएको बताउँदै भनिन्, ‘आजभोलि बैंक जानुपर्छ । समूहमा जानुपर्छ । पढ्न नजान्दा समस्या भएको छ त्यसैले पढ्न सिक्ने जाँगर पलाएको छ ।’

Vianet communication
Laxmi Bank

निर्मलाजस्तै अन्य महिलालाई पनि पढ्ने उमेरमा घाँस, दाउरा, गोठालो बनेर आमाबुवालाई सघाएर जीवन बितेकामा पछुतो लाग्छ । पढ्ने उमेरमा पढ्नुपर्छ भन्ने थाहा नपाएका, अभिभावकले विद्यालय देख्ने वातावरण नबनाइदिएका यी महिला अहिले पनि सकिन्छ भनी पढ्न थालेका हुन् । उमेर छिप्पिदै जाँदा सावा अक्षर चिन्ने रहर जागेको निर्मलाको भनाइ छ ।

४७ वर्षीया निर्मला गाउँघरमा हुने बैठक, समूहमा जाँदा आफ्नो नाम आफैं लेख्ने धोको चाँडै पूरा गर्ने आशामा छिन् । जानकीकै वासु जोशी पनि अहिले ४४ वर्षकी भइन् । उनलाई अहिले किताबसँग खेल्ने, रमाउने रहर छ ।

‘पहाडमा जन्मियौं, बाबाले पढ्न जा भने पनि गइएन । घाँस मात्र काटियो,’ वासु भन्छिन्, ‘अहिले रमाइलोसँगै सिक्न थालेकी छु । केही त सिकौला ।’ 

वासु नातिनातिना स्याहार गर्ने बेलामा साँझ बिहान घरको काममा सघाएर दिउँसो फुर्सदको समय निकालेर पढ्न आउँछिन् । उनीजस्तै साक्षरता कक्षामा अहिले ३२ महिलाले नियमित कक्षा लिइरहेका छन् । कक्षामा सहभागी महिला सबै पाको उमेरका भएकाले पढ्न अप्ठ्यारो नलागेको बताउँछन् ।

निरक्षरलाई साक्षर बनाउनका लागि एक गैरसरकारी संस्थाले गाउँपालिकामा ९ महिने साक्षरता कक्षा सञ्चालन गरेको हो । कक्षा सञ्चालनका लागि आवश्यक पुस्तक समेत सबै उपलब्ध गराउने गरेको छ । गाउँघरमा निरक्षर रहेका महिलालाई साक्षर बनाई सहयोग गर्ने गरी अहिले कक्षा सञ्चालन भइरहेको शिक्षिका भागरथी बमले बताए ।

‘नपढेका दिदीबहिनी धेरै छन् । हस्ताक्षर गर्नसमेत जान्दैनन्,’ शिक्षिका बम भन्छन्, ‘महिलाले ठूला अक्षर मात्र चिने पनि सजिलो हुन्छ । हामीले उहाँहरूलाई पढ्न सिकाउनुका साथै सामाजिक काममा अग्रसर हुन समेत हौसला दिने गरेका छौं ।’

कैलालीका जानकी, जोशीपुर गाउँपालिकासहित टीकापुर, लम्कीचुहा लगायतका नगरपालिका साक्षर घोषणा भइसकेका छन् । – दुर्गा देवकोटा/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

पुस ११, २०८०

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरिएको छ । स्ववियु त्रिवि केन्द्रीयले त्रिभुवन विश्वविद्यालयको समग्र सिस्टममा सुधार र परीक्षा नियन्त्रण कार्यालयको ढिला सुस्ती अन्त्यको माग राख्दै बुधवार...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x