१० असार २०८३, बुधबार

परीक्षा दिन आएका विद्यार्थीको खुला चौरमा बास

परीक्षा दिन आएका विद्यार्थीको खुला चौरमा बास

शनिवार बिहान भएको निम्नमाध्यमिक विद्यालयको अनुमति पत्र (लाइसेन्स) को परीक्षा दिनका लागि विभिन्न जिल्लाबाट महोत्तरीको सदरमुकाम जलेश्वरमा आएका सयौँ विद्यार्थीहरू बास नपाउँदा खुल्ला चौरमा बस्न बाध्य भएका छन् ।

मधेश प्रदेशको विभिन्न जिल्लाबाट शुक्रवार जलेश्वरमा आएका परीक्षार्थीहरूले जलेश्वरमा पर्याप्त होटल, लज, धर्मशाला तथा अन्य बासस्थानको सुविधा नभएका कारण खुल्ला चौरमा बसेर रात बिताउनु परेको गुनासो गरे । जलेश्वर रंगशालाको खुला चौर, मनिपाल कलेजको खुला चौर, महादेव मन्दिरको खुला मैदानलगायत स्थानमा आफूहरूले रात बिताएको उनीहरूले बताए ।

बासस्थान नपाएका केही विद्यार्थीहरूलाई नगर प्रमुख सुरेश साह सोनारको पहलमा कबर्ड हल, पगला बाबा धर्मशालालगायतकामा बासको व्यवस्था मिलाइए पनि हजारौँको संख्यामा आएका परीक्षार्थी तथा तिनका अभिभावकका लागि बासस्थानको अभाव रहेको थियो ।  
 

salt training

कमेन्ट गर्नुहोस्