०७ साउन २०८३, बिहीबार

कोरोना संक्रमितको संख्या घट्दै, पछिल्लो २४ घण्टामा ४५५ जना नयाँ संक्रमित थप

कोरोना संक्रमितको संख्या घट्दै, पछिल्लो २४ घण्टामा ४५५ जना नयाँ संक्रमित थप

केहीदिन पहिले झण्डै दैनिक हजारको हाराहारीमा पुगेको कोरोना संक्रमितको संख्या घट्न थालेको छ । पछिल्लो दुई दिनयता कोरोना संक्रमितको संख्या कम हुँदै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५५ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयले कूल ४ हजार ८ सय २९ नमूना परीक्षण गर्दा उक्त संख्यामा नयाँ संक्रमित थप भएको जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार २ हजार ३ सय ८ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ५ र २ हजार ५ सय २१ नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा १ सय ५० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ३५ पुगेको छ । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  

संक्रिय संक्रमितमध्ये ५ हजार २ सय ४६ जना होम आइसोलसनमा, १ सय ८९ जना संस्थागत आइसोलेसन, ६५ जना आईसीयू र २ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । 

त्यसैगरी विगत २४ घण्टामा ३ सय २ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्