×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

पाँचथरमा वसन्तलाई सकस, गठबन्धनमा माओवादीको च्याँखे

भदौ २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

एक मात्र निर्वाचन क्षेत्र रहेको १ नम्बर प्रदेशको पहाडी जिल्ला पाँचथरमा मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर चुनावी माहौल तात्न थालेको छ । चुनावमा पुरानै उम्मेदवारको जम्काभेट हुने अनुमान गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

२०७४ सालको चुनावजस्तै पुरानै नेताबीच हुने प्रतिस्पर्धाले झन् रोचक बनाउने अनुमान गरिएको छ । नेकपा एमालेबाट नेता वसन्तकुमार नेम्वाङ र नेपाली कांग्रेसबाट सहमहामन्त्री भीष्मराज आङ्देम्बेबीच प्रतिस्पर्धा हुने देखिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०४८ र २०५६ सालका २ वटा चुनावमा नेम्वाङ विजयी भएका थिए । २ वटै चुनावमा कांग्रेसका दीपक बाँस्कोटालाई नेम्वाङले हराएका थिए । २०५१ सालको चुनावमा नेम्वाङलाई बाँस्कोटाले हराएका थिए । २०७४ सालको चुनावमा नेम्वाङ विजयी हुँदा आङ्देम्बे पराजित बनेका थिए ।


Advertisment
Nabil box
Kumari

२०५६ र २०६४ सालमा डम्बरसिंह सम्बाहाङ्फेले आङ्देम्बेलाई हराएका थिए । २ वटा निर्वाचन क्षेत्र हुँदा २०७० सालको निर्वाचनमा सहमहामन्त्री आङ्देम्बेले तिनै सम्बाहाङ्फेलाई हराउँदै संसद भवन छिर्ने बाटो बनाएका थिए ।

Vianet communication
Laxmi Bank

४ पटक टिकट पाउँदा १ पटक मात्रै आङ्देम्बे निर्वाचित भएका थिए । यसपटक लोकतान्त्रिक गठबन्धन बनेकाले कांग्रेसमा देउवाका विश्वास पात्र मानिएका आङ्देम्बे गठबन्धनकै सहयोगबाट चुनाव जितेर अघिल्ला पटकको हारमा मल्हम लगाउने तयारीमा छन् ।

नेम्वाङ पनि चुनाव जितेर एमाले फुटे पनि त्यसको असर नपरेको देखाउन चाहन्छन् । केपी ओली प्रधानमन्त्री भएका बेला भौतिक पूर्वाधार मन्त्री बन्दा जिल्लामा उनले गरेका कामले नेम्वाङ जनताबीच लोकप्रिय छन् । 

यी २ बलिया उम्मेदवारबीच यसअघि १ पटक प्रतिस्पर्धा भएको थियो । पहिलो प्रतिस्पर्धाको परीक्षामा नेम्वाङ विजयी भएका थिए । यस पटकको परीक्षामा नेम्वाङले जित्नका लागि ठूलो कसरत गर्नुपर्ने पाँचथर एमालेका जिल्ला स्तरीय नेताहरू बताउँछन् । 

गठबन्धनलाई उम्मेदवार मिलाउन नै सकस 

पाँचथरबाटै प्रदेश सभामा जितेका माओवादीका इन्द्रबहादुर आङ्वो ‘मौसम’ले गठबन्धनमा नयाँ च्याँखे थापेका छन् । उनी १ नम्बर प्रदेशका प्रभावशाली मन्त्री पनि हुन् ।

नेकपा हुँदा आर्थिक मामिला तथा योजना मन्त्री बनेका आङ्बो नेकपा फुट्दा पनि मन्त्री बने ।

‘म सांसद बन्नका लागि प्रदेशमा उठ्दिनँ भनेको छु । अब प्रदेशमा मन्त्री पनि हुन्न भनेको छु । मुख्यमन्त्री दिने भए मात्रै प्रदेशमा उठ्छु भनेर केन्द्रका नेताहरूलाई भनेको छु ।

मुख्यमन्त्री नदिने भए गठबन्धन नभए एक्लै पनि संघमा उठ्छु,’ उनले भने । यसअघि गठबन्धनको मुख्यमन्त्री माओवादीले पाउने गरी केन्द्रीय नेताहरूबीच सहमति भएको समेत उनले दाबी गरे ।
 
स्थानीय तहको परिणाम हेर्दा को बलियो ?

स्थानीय तह निर्वाचनमा वडाध्यक्षलाई आएको परिणाम हेर्दा नेकपा एमालेले ३० हजार ९५८, नेपाली कांग्रेसले २५ हजार ६५, नेकपा माओवादी केन्द्रले ११ हजार ८०८, जनता समाजवादी पार्टी (जसपा) नेपालले २ हजार ६४३, नेकपा एकीकृत समाजवादीले २ हजार १६१, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ९०९ मत पाएका छन् । वडागत मतका आधारमा एमालेको सबैभन्दा बढी मत भए पनि सत्ता गठबन्धनका दलहरूको मत एमालेभन्दा साढे १२ हजार बढी छ ।

८ स्थानीय तह रहेको पाँचथरमा गत निर्वाचनमा गठबन्धन हुँदा कांग्रेसले ६ पालिका प्रमुख र १ उपप्रमुख जितेको छ । एमालेले १ प्रमुख र २ उपप्रमुख जितेको छ । माओवादीले ६ उपप्रमुख र १ प्रमुख जितेको छ । 

जिल्लाका ८ पालिकामध्ये ६ पालिका जित्दै कांग्रेस पहिलो दल बनेको छ भने एमाले र माओवादीले १–१ पालिका जितेका छन् । कांग्रेसले कुम्मायक, तुम्मवेवा, फालेलुङ, फाल्गुननन्द र हिलिहाङ गाउँपालिकासहित फिदिम नगरपालिका जितेको छ भने माओवादीले मिक्लाजुङ गाउँपालिका र एमाले याङवरक गाउँपालिका जितेका छन् । 

६० वडा रहेको जिल्लामा कांग्रेसले २२ वडा जितेको छ भने एमालेले १७ वडा, माओवादीले १२ वडा, स्वतन्त्रले ३ वडा, नेकपा एकीकृत समाजवादीले ३ वडा जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ वडा जितेका छन् ।

गत स्थानीय तहको परिणाम हेर्ने हो भने एमालेका लागि असहज हुने देखिएको छ । २०७४ सालको निर्वाचनमा नेम्वाङले फराकिलो मतान्तरले कांग्रेसका आङ्देम्बेलाई पराजित गरेका थिए । नेम्वाङले ३८ हजार ६१६ मत पाउँदा आङ्देम्बेले २८ हजार ३५ मत प्राप्त गरेका थिए । दुवै नेताबीच १० हजार ६१६ मतान्तर थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x