२६ असार २०८३, शुक्रबार

पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त संख्यामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । 

मन्त्रालयका अनुसार २ हजार ८२ पीसीआर विधिबाट परीक्षण गर्दा २२४ र २ हजार ८४८ एन्टिजेन विधिबाट परीक्षण गर्दा ३१८ जनामा संक्रमण पुष्टि भएको हो । 

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २६५ जना रहेको छ । सक्रिय संक्रमितमध्ये ५ हजार ६७ जना होम आइसोलेसन, १९८ जना संस्थागत आइसोलेसन, ५४ जनाको आईसीयू र ७ जनाको भेण्टिलेटरमा राखी उपचार भइरहेको छ । 

पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु भएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्