०६ साउन २०८३, बुधबार

सुनको भाउ तोलामा ४ सय रुपैयाँ घट्यो

सुनको भाउ तोलामा ४ सय रुपैयाँ घट्यो

सुनको भाउ शुक्रवार प्रतितोला ४०० रुपैयाँले कम भएको छ । बिहीवारको तुलनामा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले कम भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन उक्त सुनको मूल्य ९५ हजार ९०० रुपैयाँ थियो । त्यस्तै तेजाबी सुनको मूल्य शुक्रवार प्रतितोला ९५ हजार रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रवार १ हजार १८५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्