पुस ९, २०७९
नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...
आयुर्वेदको पुरातन विज्ञानले हामीलाई सिकाउँछ कि समग्र कल्याण ध्यान, शारीरिक गतिविधि, हाम्रो वातावरण र खानाको सामंजस्यपूर्ण सन्तुलनमा आधारित छ । श्रीमान्को दीर्घायू होस् भनी हिन्दू महिलाहरूले तीजको व्रत बस्ने गरेका हुन्छन् ।
भाद्र शुक्ल तृतीयाका दिन शिवको पूजा, सप्तऋषिको पूजा, नाचगान, व्रत बसेर तीज मनाउने प्रचलन छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्य रूपले नेपालभर मनाइन्छ भने भारतका कुनै–कुनै प्रान्तमा पनि मनाइन्छ ।
तीजको दर खाने प्रचलन प्राचीन समय कालदेखि नै चल्दै आएको इतिहास छ । विवाहपश्चात जन्मेको घर छाड्ने बखत ‘नरोई जाउ चेली तीजमा म लिन आउला’ भनेर भाइ या दाइले वचन दिएको हुन्छ । हाम्रो संस्कार त्यही हो तीज त्यही नै हो, मात्र हाम्रो दर खाने प्रचलनमा आधुनिकताले छोएको अनुभव सबैमा भान हुन्छ । भगवान् शिवकी अर्धाङ्गिनी हिमालयपुत्री पार्वतीले भगवान् शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकी थिइन् । त्यो दिन यही हरितालिका तीजको दिन थियो । त्यसैदिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउँदै आएका छन् ।
४ दिने तीज पर्वको पहिलो दिन दर खाइन्छ । तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दू नारीहरूले दर खाने परम्परा छ । ख्याल गरेर दर खाएमा तीजको दिन आरामसँग व्रत बस्न र नाचगान गर्न सकिन्छ तर व्रत बस्दा र दर खाँदा दीर्घरोगका बिरामीले विशेष ध्यान दिनुपर्ने हुन्छ ।
वास्तवमा भन्ने हो भने तीज आफैंमा एक सुन्दर पर्व हो र यो व्रतमा परिणत भएको भए पनि फलफूल ग्रहण गरेर दिनभर बस्नमा पनि वैज्ञानिक हिसाबले हेर्दा फलदायक नै देखिन्छ । नारीहरूले रातो टीका रातो कपडा, रातोचुरा, पोते आदि सबै रातै रंगमा सजिनु तीज पर्वको रंग हो । नारीहरू त्यसदिन नाचगान गर्दै हर्षोल्लासका साथ दिनभरि भोकै बसी श्रीमान्को दीर्घायूको कामना गर्नु नै यस तीज पर्वको सन्देश मानिन्छ ।
तीजको दरमा कस्ता–कस्ता भोजन रोज्ने ?
सात्विक, राजसी र तामसी भोजनको रंग, क्षेत्र, गुण सबैको आ–आफ्नो विशेषता छ । तीजमा दर खाने भोजन हाम्रो परम्पराअनुसार सात्विक भोजन हो तर पछिल्लो समय आएर धेरैले सात्विक भोजन धेरैले छोड्न थालेका छन् । विशेष गरी शहरी ईलाकामा सात्विकभन्दा तामासी भोजन बढी चाख बढेको प्रस्ट छ ।
शरीरलाई आवश्यक पर्ने सम्पूर्ण पोषक तत्व भोजनमा पाइन्छ । सात्विक भोजन गर्दा शान्ति, संयम, पवित्रता र आनन्दजस्ता गुण विकसित हुन्छन् । परिश्रमपूर्वक आफ्नै धनद्वारा ल्याएका पवित्र खाद्य पदार्थहरू सात्विक भोजनमा पर्छन् । गाईको दूध र गाईको दूधबाट बनेका सबै परिकारहरू घ्यू, गहुँ, चामल, जौं, मुग, हरियो पात भएको साग, घिरौला, लौका, आदि सात्विक भोजनअन्तर्गत पर्छन् ।
तामसी भोजन गर्दा चाहिँ क्रोध, एकोहोरोपन, अहंकार र विनाश जस्ता अवगुणमा वृद्धि हुन्छ । अरुलाई दुःख दिएर आर्जन गरेको धन तामसी धन हो । माछा–मासु, जाँड, रक्सी, तमाखु, गुडका, अण्डा, बासी भोजन, तीतो, पिरो, टर्रो, दुर्गन्धयुक्त किराले खाएको, अपवित्र, प्याज–लसुन, सलगम, सुपारी, आलसको तेल, पिडालु, कर्कलो आदि सबै तामसी परिकारमा पर्छन् ।
दरमा धेरै चिल्लो पदार्थ प्रयोग गर्नु राम्रो मानिँदैन । दर आफ्नो शरीरलाई चाहिने मात्रै खानुपर्छ, दरमा विभिन्न परिकारसँगै सलादको मात्रा पनि धेरै राख्नुपर्छ । सामूहिक रूपमा दर खाँदा ‘फूड पोइजन’ हुनसक्ने भएकाले सचेत हुनुपर्छ । दरसँग अल्कोहल पिउनु राम्रो होइन । व्रत बस्दा र दर खाँदा दीर्घरोगका बिरामीले विशेष ध्यान दिनुपर्छ । खीर, चाम्रे, ढकनी, घ्यू, दूध, दही, पच्चफरम आलु, ताजा फलफूल, ताजा फलको रस, सेलरोटी, साबुदाना खिर, सेवाइ, मौलिक रोटीका परिकारहरू सेवन गर्न सकिन्छ ।
दर खाने भन्ने बित्तिकै साविकभन्दा ज्यादा खान खोजिन्छ, यो गलत हो । सामूहिक रूपमा घरबाहिर दर खाँदा होस पुर्याएर ‘सेलेक्टेड’ खाना मात्र खानु राम्रो हुन्छ । अल्कोहल नलिनुस्, जसले तपाईंलाई फाइदा गर्दैन । पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ । दूध, दही, मखन, घिउ जस्ता खानेकुराले शरीरलाई लामो समय शक्ति दिने खाद्य प्राविधिज्ञ बताउँछन् तर यो पनि आफ्नो शरीरले मागेसम्म मात्र खानु राम्रो । सकेसम्म भारी खालका खानेकुरा नखाँदा उत्तम मानिन्छ ।
हिन्दू संस्कृतिमा हुने ८४ व्यञ्जनको मान्यताले पनि थोरै मात्रामा धेरै परिकार खाने प्रचलन छ । बजारमा पाइने केमिकलयुक्त कलर हालिएका मिठाइहरू सेवन नगर्दा वेश हुन्छ । आधुनिक तीजको दरमा माछामासु खान मन हुनेले खाँदा खासै फरक नपर्ने विज्ञहरूको तर्क छ ।
तीजको दरमा दालभात तरकारी, गेडागुडीको रस, खारेको घ्यु, सादेको आलु, मुस्ताङ आलु, ड्राइनट्स, आलुको अचार, गाँजरको हल्वा, चुकन्दरको हलुवा, माल्पुवा, दूधरोटी, कुराउनी, पेडा, पनिर मसला, सलाद, प्रशस्त डिटक्स या अल्कलाइन पानी सेवन गर्नु उत्तम हुन्छ । आफ्नो मौलिक र परम्परागत भोजन नै तीजको दरका लागि पर्याप्त पोष्टिक आहार हुन्छ । एकैपटक धेरै खाना खानुभन्दा पटक–पटक गरी थोरैथोरै खानु राम्रो र स्वास्थ्यवद्र्धक मानिन्छ । भोजन सेवन गर्दा मोबाइल या टीभीमा अल्झिने काम गर्नु हुँदैन ।
नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...
समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...
दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...
आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...
जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...