
सोमवार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवारको तुलनामा सुनको मूल्य तोलामा २०० रुपैयाँले कम भएको हो ।
महासंघका अनुसार आइतवार प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमवार प्रतितोला ९५ हजार ३०० रुपैयाँ कायम गरिएको छ । त्यस्तै तेजाबी सुनको मूल्य सोमवार ९४ हजार ८०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
सोमवार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ कम भएको छ । आइतवार प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमवार प्रतितोला १ हजार १६५ रुपैयाँ तोकिएको छ ।