×

NMB BANK
NIC ASIA

एकसाथ लागेका तीनवटै फिल्मको दयनीय अवस्था

नेपाली चलचित्रको लज्जास्पद व्यापार– १ रुपैयाँमा टिकट दिँदा पनि हल रित्तै !

भदौ ६, २०७९

NTC
Premier Steels

गत साता आफ्नो नयाँ चलचित्रको प्रमोसनका लागि एक कमेडी शोमा पुगेकी अभिनेत्री केकी अधिकारीलाई सोधियो– ‘भर्खरै तपाईंको एउटा चलचित्र आएको थियो नि, सिल्ली फो ... । ‘आ थियो र ?’ सोधाइ पूरा हुन नपाउँदै केकीले प्रतिप्रश्न गरिन् । शोमा हाँसो गुञ्जियो । केकीले हाँस्दै थपिन्, ‘मैले त थाहै पाइनँ, बिजी भइयो ।’

Muktinath Bank

यो प्रसंगले चलचित्र क्षेत्रमा राम्रै चर्चा पायो । केहीले केकीले व्यावसायिक धर्म पूरा नगरेको भनेर आलोचना गरे । केहीले भने उनले व्यंग्यमार्फत भए पनि चलचित्र क्षेत्रको यथार्थ व्यक्त गरेको टिप्पणी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केकीले आफ्नो चलचित्र प्रदर्शनमा आएको पत्तो नपाएकै हुन् कि पत्तो पाएर पनि नपाएजस्तो गरेकी हुन्, त्यो उनमै छाडिदिऊँ, तर यतिबेला नेपाली चलचित्रमा ‘प्रदर्शन भएको र उत्रिएको’ पत्तो नहुने अवस्था नै सिर्जना भएको छ । दर्शकहरू हलसम्म नजाँदा चलचित्र क्षेत्रमै एक किसिमको अन्योल सिर्जित छ ।


Advertisment
Nabil box
Kumari

०००

Vianet communication

गत शुक्रवारदेखि एकसाथ तीन नेपाली चलचित्र प्रदर्शनमा आए– माइकल अधिकारी, कृष्णलीला र प्रेमगञ्ज । राजधानीको राइजिङ मलमा रहेको क्यूज सिनेमाजमा प्रदर्शनको पहिलो दिन तीनवटै चलचित्रलाई २/२ शो दिइएको थियो । तर, उक्त हलमा प्रदर्शनको पहिलो दिन तीनवटै चलचित्र चल्न पाएनन् । ‘दर्शक नभएर तीनवटै चलचित्रको एक शो पनि चल्न सकेन । ६ वटै शो क्यान्सिल गर्नुपर्‍यो,’ हलका प्रबन्ध निर्देशक सुमित मैनालीले लोकान्तरसँग भने। 

शुक्रवार कृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा थियो । दर्शकले चिनेका अनुहारहरू चलचित्रमा थिए । त्यसमाथि चलचित्र ‘माइकल अधिकारी’ र ‘प्रेमगञ्ज’ले दर्शक आकर्षित गर्न ‘स्किम’ समेत ल्याएका थिए । ‘माइकल अधिकारी’ले डिजिटल वालेट इसेवासँग सहकार्य गरेर १ रुपैयाँमै चलचित्र हेर्न पाउने ‘स्किम’ सार्वजनिक गरेको थियो । दर्शकहरूले ई–सेवाबाट १ रुपैयाँमा टिकट काटेर ‘माइकल अधिकारी’ हेर्न पाउँथे । 

यता, चलचित्र ‘प्रेमगञ्ज’ले पनि खल्ती एपबाट टिकट काट्दा दर्शकलाई ५० प्रतिशत छूटको अफर सार्वजनिक गरेको थियो । क्यूज सिनेमाजका प्रबन्ध निर्देशक मैनाली थप्छन्, ‘एउटा एक रुपैयाँमा र अर्को १ सय रुपैयाँमा चलचित्र हेर्न पाउँदा पनि दर्शक आएनन् ।’

राजधानीको बानेश्वरमा अवस्थित आइप्लेक्स मलमा रहेको ‘वान सिनेमाज’का प्रबन्ध निर्देशक उमेशराज गिरी पनि शुक्रवारदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रहरूमा दर्शकको उपस्थिति अपेक्षित नरहेको बताउँछन् । उनले आफ्नो हलमा शो क्यान्सिल भने नगरेको दाबी गरे । ‘हामी चार/पाँच जना दर्शक हुँदा पनि चलचित्र देखाउँछौं, त्यसैले क्यान्सिल गरेका छैनौं,’ उनले भने, ‘तर दर्शकहरूको उपस्थिति न्यून छ, त्यही १०–१५ जना ।’ 

प्रदर्शनको पहिलो दिन नै कतिपय हलमा शो क्यान्सिल भएको सम्बन्धित चलचित्रकर्मीहरू नै स्वीकार्छन् । राजधानी मात्र नभई मोफसलका कतिपय हलहरूमा समेत प्रदर्शनको पहिलो दिन नै चलचित्रको शो क्यान्सिल गर्नुपरेको सञ्चालकहरूको भनाइ छ । राजधानीसँगै मोफसलका मल्टिप्लेक्स एवं सिंगल हलहरूमा दर्शकको उपस्थिति निराशाजनक रह्यो । दर्शकको खडेरीले हलहरू सुनसान देखिए । 

अहिले नेपाली चलचित्रको व्यापार हेर्दा रुनै मन लाग्ने अवस्था रहेको रूपन्देहीको बुटवलमा रहेको कालिका चलचित्र हलका सञ्चालक कपिलप्रसाद द्धा बताउँछन् । ‘चलचित्रको व्यापार हेर्‍यो भने रुनै मन लाग्छ । हाम्रो मात्र होइन, दशैंभर त्यस्तै अवस्था छ भन्दा पनि हुन्छ’ उनी भन्छन् ।

शुक्रवार पहिलो दिन २० जना मात्र दर्शक चलचित्र हेर्न आएको उनले सुनाए । उनका अनुसार अहिले हलमा तीनवटै चलचित्रलाई एक–एक शो दिइएको छ, तर दर्शकको अभावमा कतिपय शो ‘क्यान्सिल’ गर्नुपरेको छ ।

‘तीनवटै चलचित्र समय मिलाएर राखिरहेका छौं,’ उनी भन्छन्, ‘तर शोचाहिँ कहिलेकाहीँ तीनवटैको हुँदैन । कहिले केही दर्शकहरू जम्मा भएर मात्र चलिरहेको छ ।’

नेपाली चलचित्रलाई हलमा तीन/चार दिन टिकाउन पनि गाह्रो रहेको उनी बताउँछन् । यस साता रिलिज भएका चलचित्र मात्र नभएर ‘कबड्डी– ४’पछि प्रदर्शनमा आएका कुनै पनि नेपाली चलचित्रको व्यापार सुखद् नभएको उनले बताए । 

शुक्रवारदेखि दक्षिण भारतीय चलचित्र ‘कार्तिकेय २’ पनि प्रदर्शनमा आएको थियो । उक्त चलचित्रले नेपालमा राम्रो व्यापार गर्ने अपेक्षा थियो । तर, उक्त चलचित्रको व्यापार पनि अपेक्षित छैन । यद्यपि, नेपाली चलचित्रको तुलनामा भने ‘कार्तिकेय २’मा केही बढी दर्शक आएको हल सञ्चालकहरूको भनाइ छ ।

सम्बन्धित चलचित्रकर्मी भन्छन्, खोइ, के पुगेन !

‘माइकल अधिकारी’का निर्माता निरक पौडेलले आफ्नो चलचित्रले अपेक्षित व्यापार गर्न नसकेको स्वीकार गरे । यद्यपि, अन्य दुई चलचित्रको तुलनामा आफ्नो चलचित्रको व्यापार केही बढी रहेको उनको दाबी छ ।

समग्रमा चलचित्र अपेक्षित नचल्नुको कारणबारे जिज्ञासा राख्दा उनले भने, ‘भदौ चलचित्र हेर्न नचाहने प्रदर्शन मिति हो कि जस्तो पनि लाग्न थाल्यो । कुनै चलचित्र भदौमा भयंकर चलेको अहिलेसम्म मलाई सम्झना छैन । खोइ के भएको हो, भन्नै सकिएन ।’

पौडेलले चलचित्र जुधेर पनि असर गरेको हुन सक्ने धारणा राखे । सोसल मिडियामार्फत राम्रै प्रचारप्रसार गरिएको थियो । तर पनि चलचित्रले अपेक्षित दर्शक तान्न नसक्दा पौडेल आश्चर्यमा छन् ।

यता, ‘कृष्णलीला’का निर्देशक दीपक वली पनि चलचित्रले अपेक्षित दर्शक तान्न नसकेको स्वीकार्छन् । उनले मल्टिप्लेक्सभन्दा सिंगल थिएटरमा दर्शकहरू केही बढी रहेको बताए ।

वलीले पनि चलचित्रले किन दर्शक तान्न सकेन भन्ने कुरामा आफू अन्योलमा रहेको बताए । १ रुपैयाँ र ५० प्रतिशत छूटमा चलचित्र देखाउँदा समेत दर्शकहरू नआएपछि आफू आश्चर्यमा परेको उनको भनाइ छ ।

‘माइकल अधिकारी १ रुपैयाँमा टिकट भनेपछि नेपालभरी हाउसफूल हुनुपर्ने हो । त्यसरी पनि नचल्दा नेपाली चलचित्रमा दर्शकहरूलाई रुचि नै नभएको हो कि भन्ने लागिरहेको छ,’ उनले भने ।

हलसम्म किन पुगिरहेका छैनन् दर्शक ? 

क्यूज सिनेमाजमा प्रबन्ध निर्देशक सुमित मैनाली दर्शक हलसम्म नआउनुमा विविध कारणहरू हुनसक्ने बताउँछन् ।

बलिउडका ठूला भनिएका चलचित्रहरू निरन्तर फ्लप हुनु, आशा गरिएका नेपाली चलचित्र पनि नचल्नु, एकैदिन तीनवटा चलचित्र प्रदर्शनमा आउनु, दर्शकले खोजेको जस्तो चलचित्र नआउनु इत्यादि कारणले चलचित्र नचलेको हुनसक्ने मैनालीले बताए ।

अहिलेको अवस्थाले आउँदा दिनमा प्रदर्शनमा आउने तयारीमा रहेका चलचित्रहरूलाई समेत असर गर्न सक्ने बताउँदै चलचित्रकर्मीहरू गम्भीर हुनुपर्ने अवस्था रहेको उनले बताए । 

कालिका चलचित्र हल बुटवलका सञ्चालक कपिल प्रसाद द्धा पनि किन दर्शक आइरहेका छैनन् भन्न गाह्रो रहेको बताउँछन् । चलचित्रको फस्टलुक पोस्टर, टिजर, ट्रेलरले नै दर्शकलाई आकर्षित गर्न सक्नुपर्ने उनको धारणा छ ।

अहिलेको अवस्थामा चलचित्रको चर्चा भएर मात्र नहुने बताउँदै उनले दर्शकको रोजाइमा पर्न सक्नुपर्ने बताए । ‘चलचित्रकर्मीहरूलाई भयंकर पब्लिसिटी भइरहेको छ जस्तो लाग्ने रहेछ, तर अथेन्टिक दर्शकसम्म नपुगेको हुनसक्छ वा पुगेर पनि स्वीकार नगरेको हुनसक्छ । दर्शकहरू कन्भिन्सिङ नभएको हो पो कि,’ उनले थपे ।

लेखक एवं निर्देशक दीपेन्द्र लामा भने कुन चलचित्र हेर्न हलमा जाने/नजाने भन्ने कुरा दर्शकहरूले धेरै पहिल्यैदेखि निर्णय लिइसक्ने गरेको बताउँछन् । चलचित्रको नाम, निर्माण टीम, आबद्ध कलाकार, पोस्टर, टिजर, ट्रेलरलगायत हेर्दै दर्शकहरूले चलचित्र हेर्ने/नहेर्ने विचार बनाउने गरेको दीपेन्द्रको धारणा छ ।

‘बाहिरी चलचित्र हेर्दा म आफैँ पनि टिजर, ट्रेलर हेरेर नै एक खालको विचार बनाइसकेको हुन्छु । दर्शकहरूले पनि त्यस्तै गर्नुहुन्छ, जस्तो लाग्छ,’ उनी भन्छन्, ‘चलचित्र नचल्नुमा टिजर, ट्रेलरले आकर्षिक नगरेको हुनसक्छ । अर्को कुरा, टिजर एवं ट्रेलरमा देखाएको कन्टेन्टमा उनीहरूलाई रुचि नभएको हुनसक्छ ।’ 

कतिपय चलचित्रहरू राम्रै बनाइएपनि दर्शकहरूलाई रुचिकर नलाग्दा हलसम्म नजाने गरेको दिपेन्द्रले बताए । अहिलेको अवस्थामा चलचित्र जुधाइले भने असर नगरेको उनको धारणा छ ।

‘तीनवटै चलचित्रमा दर्शकहरू उल्लेखनीय रहेको भए जुध्न हुँदैनथ्यो भन्न सकिन्थ्यो,’ उनले भने, ‘तर, तीनवटै चलचित्रमा दर्शकहरू नआएको हुनाले जुधेर असर गरेको जस्तो लाग्दैन ।’

दर्शकले चाहेकोजस्तो चलचित्र हलमा नआएका कारण नै नचलेको निष्कर्ष उनले सुनाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x