२९ असार २०८३, सोमबार

एनएमबि बैंकद्वारा सबै प्रदेशमा महिला नेतृत्वको शाखा घोषणा

एनएमबि बैंकद्वारा सबै प्रदेशमा महिला नेतृत्वको शाखा घोषणा

एनएमबि बैंकको सबै प्रदेशमा महिला नेतृत्वको शाखा घोषणा भएको छ । एनएमबि बैंकले सोमवार राजधानीमा शक्तिकरण र अनुभव साट्नेसम्बन्धी एक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेर सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा गरेको छ । 

यस्तो घोषणाले महिला सशक्तिकरणमा सहयोग पुग्ने र बैंकद्वारा सञ्चालन गरेको कार्यक्रमले उनिहरूको क्षमता विकासमा थप टेवा पुर्याउने अपेक्षा गरिएको छ । 

उक्त कार्यक्रममा एनएमबि बैंकका महिला ग्राहक, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघका महिला पदाधिकारीहरू, महिला उद्यमीहरू, विभिन्न बैंक तथा वित्तीय संस्थाका महिला प्रमुख कार्यकारी अधिकृतको उपस्थिति थियो । 

एनएमबि बैंकले महिला कर्मचारीद्वारा नेतृत्व गरिएको शाखाहरुमा प्रदेश १ को टंकिसिनुवारी, मधेश प्रदेशको महोत्तरी, बागमतीको बल्खु, गण्डकीको चाउथे, लुम्बिनीको भलवारी, कर्णाली र सुदूरपश्चिम प्रदेशको भने धनगढीकै शाखाको लागि महिला नेतृत्व रहेको सार्वजनिक गरेको छ ।  एनएमबि बैंकले हाल देशभरि २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्