२७ असार २०८३, शनिबार

सामसङका ग्लोबल सीएफओ एचके पार्कले भेटे प्रधानमन्त्री देउवालाई

सामसङका ग्लोबल सीएफओ एचके पार्कले भेटे प्रधानमन्त्री देउवालाई

सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट तथा सीएफओ एच के पार्कले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका पार्कले बुधवार देउवासँग भेटवार्ता गरेका हुन् । भेटमा पार्कसँग कम्पनीका अन्य वरिष्ठ अधिकारीहरूको पनि सहभागिता रहेको थियो ।

भेटका क्रममा पार्कले प्रधानमन्त्री देउवालाई सामसङले इलेक्ट्रोनिक्स उत्पादन, रिटेल र रोजगारी सिर्जनाका क्षेत्रमा गरिरहेको विभिन्न पहलका बारेमा जानकारी गराएका थिए । उनले यस प्रकारको पहलहरूले भविष्यमा समुदाय, विशेष गरी नेपाली युवाहरूको हितमा काम गरिने सामसङको प्रतिबद्धता रहेको दोहो¥याए । 

सामसङले आफ्नो स्थानीय साझेदार हिम इलेक्ट्रोनिक्स(गोल्छा समुह)सँग मिलेर नवलपरासीमा एलईडी टिभी उत्पादन गर्ने कारखाना सञ्चालन गर्ने घोषणा गरिसकेको छ । नेपालमा इलेक्ट्रोनिक्स उत्पादनहरू गर्न नयाँ उद्योगबाट बल पुग्नेमा सामसङ विश्वस्त छ । यसका साथै स्थानीय उत्पादन क्षमता वृद्धि गर्ने र रोजगारीका अवसरहरू सिर्जना गर्ने नेपाल सरकारको नीतिमा पनि मद्दत पुग्न जानेछ ।

सामसङले नेपालमा दुई दशकदेखि नेपालमा आफ्नो ब्यापार गरिरहेको छ । आज देशमा यो ब्राण्ड घरेलु नाम बनिसकेको छ । यसले हाल नेपाली बजारमा आफ्ना साझेदारहरूमार्फत स्मार्टफोन र उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादनहरू जस्तै टेलिभिजन, रेफ्रिजरेटर, वाशिङ मेसिन र माइक्रोवेभहरू बिक्री गर्दै आएको छ । कम्पनीसँग २ हजार भन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोर र ग्राहक सेवा केन्द्रहरूको बलियो नेटवर्क छ ।

salt training

कमेन्ट गर्नुहोस्