हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले गत वर्षको दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुण्डाई फेस्टिभ डिलाइट २०७८’ को अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ ।
सो अफरअनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरूले ३ लाखसम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाखसम्मको नगद छुट एवं बम्पर उपहारअन्तर्गत लक्कि ड्र मार्फत १ जना विजेतालाई हुन्डाई आई ट्वान्टी गाडी जित्ने मौका थियो ।
अफरको विजेताको घोषणा हिमालयन टिभी मा लाइभ लक्की ड्र मार्फत बिहीवार (२०७९ भदौ ९ गते) गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष विमला खनाल रहेकी थिइन् ।
हुण्डाई फेस्टिभ डिलाइट २०७८ अफर अनुरुप बम्पर लक्की ड्र अन्तर्गत कुपन नम्बर १४७०, काठमाडौंका लोकेश बज्राचार्यले हुन्डाई आई ट्वान्टी जितेका छन् ।
यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ । हुण्डाई फेस्टिभ डिलाइट २०७८ योजनामार्फत पनि ग्राहकहरूलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो । सो योजना २०७८ भदौ २४ देखि कार्तिक ३० सम्म लागू गरिएको थियो ।