०२ साउन २०८३, शनिबार

अस्पतालबाट निस्कने फोहोरबाट ऊर्जा उत्पादन

अस्पतालबाट निस्कने फोहोरबाट ऊर्जा उत्पादन

नुवाकोटको त्रिशूली अस्पतालबाट उत्पादन हुने फोहोरबाट ऊर्जा उत्पादन गर्न थालिएको छ । अस्पतालबाट निस्कनेमध्ये कुहिने फोहोरलाई बायोग्यास प्लान्टमार्फत ऊर्जा (मिथेन ग्यास) उत्पादन गरेर अस्पतालको आवासीय मेस (भान्सा)मा प्रयोग गर्न थालिएको अस्पतालका प्रमुख डा दीपेन्द्र पाण्डेले जानकारी दिए । 

उनका अनुसार बागमती प्रदेश सरकारको सहयोगमा रु आठ लाख लगानी ४० घनमिटर क्षमताको बायोग्यास प्लान्ट सञ्चालनमा ल्याइएको हो । “प्रसूती कक्षबाट निस्कने प्लासेन्टा, शल्यक्रिया–ड्रेसिङ गर्दाको मानवजन्य अङ्ग, बिरामी र कुरुवाले खेर फालेका खाद्यान्नलगायत कुहिने फोहोरलाई अस्पताल परिसरमा निर्माण गरिएको प्लाण्टमा विसर्जन गर्न थालिएको छ ।” अस्पतालका प्रमुख डा पाण्डेले भने, “प्लान्टबाट उत्पादन हुने इन्धनले चिकित्सकको आवासीय मेसमा १५ जनालाई आवश्यक इन्धन पर्याप्त बनेको छ ।”

प्लान्ट सञ्चालनले अस्पतालजन्य कुहिने फोहरको बिसर्जनको समस्या समाधानसहित फोहरका कारण लाग्नसक्ने सरुवाजन्य रोग नियन्त्रण र इन्धन उत्पादनले अस्पतालको खर्च बचाएको अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितले जानकारी दिए । उनका अनुसार अहिले परीक्षणका रुपमा सञ्चालनमा ल्याइएको प्लान्टबाट करिब ४० जनासम्मलाई खाना, खाजाका लागि आवश्यक इन्धन उत्पादन भएकाले ऊर्जा उत्पादनको दायरा बढाएर अस्पतालको चमेनागृहलाई बिक्री गर्ने लक्ष्य छ ।


 

salt training

कमेन्ट गर्नुहोस्