×

NMB BANK
NIC ASIA

त्रिविको पत्रकार सम्मेलन नेविसंघले बिथोल्यो, झडपमा तीनजना घाइते

भदौ १२, २०७९

NTC
Premier Steels

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा सत्तारुढ नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताहरूले बिथोलिदिएका छन् । त्रिवि प्रशासनले त्रिवि परिसरमै गरेको पत्रकार सम्मेलन नेविसंघका कार्यकर्ताहरूले बिथोलिदिएका हुन् । 

Muktinath Bank

त्रिवि प्रशासनले नेविसंघका कार्यकर्ताहरूले आक्रमणको धम्की दिएको, पटक–पटक तोडफोडमा उत्रिएको भन्दै सरकारसँग सुरक्षा माग गर्न पत्रकार सम्मेलनको आयोजना गरेको थियो । आफूहरूविरुद्ध गरिएको पत्रकार सम्मेलनस्थलमा नेविसंघका कार्यकर्ताहरू नाराबाजी गर्दै पुगेका थिए । नेविसंघको नाराबाजीपछि एमालेनिकट अनेरास्ववियुले प्रतिकार गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नाराबाजीसहित पुगेका नेविसंघका कार्यकर्ता र अनेरास्ववियुका कार्यकर्ताबीच केहीबेर घम्साघम्सी भएको थियो । दुई पक्षबीच केहीबेर झडप भएको अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले जानकारी दिइन् । झडपमा दुईजना विद्यार्थी र एकजना प्रहरी घाइते भएका कीर्तिपुर प्रहरीले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

दुई पक्षबीचको झडपपछि अनेरास्ववियुले त्रिवि परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरेको थियो । आफूहरू त्रिवि परिसरमा रहेको फोहर र त्रिवि प्रशासनको बेथिति सफा गर्न लागिपरेको बरालले बताइन् । 

Vianet communication

यसअघि त्रिविले विज्ञप्ति जारी गरी विश्वविद्यालयजस्तो प्राज्ञिक थलोमा दैनिकजसो पदाधिकारीलाई धम्क्याउने, तालाबन्दी गर्ने र तोडफोडजस्ता क्रियाकलाप हुने गरेको भन्दै सरकारसँग शान्ति सुरक्षा मागेको थियो ।

त्रिवि परिसरमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । त्रिविले यसअघि नेविसंघका सदस्यहरुले तालाबन्दी, घेराउ, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, त्रिविको दैनिक काम–कारबाही गर्दा बारम्बार कार्यालयमा जबर्जस्ती प्रवेश गरी अवरोध सिर्जना गर्ने गरेको आरोप लगाएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x