०८ असार २०८३, सोमबार

विद्यालय कर्मचारी परिषद्लाई वार्तामा आउन आग्रह

विद्यालय कर्मचारी परिषद्लाई वार्तामा आउन आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय कर्मचारी परिषद्लाई विद्यालय बन्दका कार्यक्रम स्थगन गरी वार्तामा आउन पत्राचार गरेको छ ।

मन्त्रालयले आज परिषद्को राष्ट्रिय समितिलाई पत्र पठाइ नेपाल शिक्षक महासङ्घमार्फत वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरेको हो । तलब सुविधामा विभेद भएको विषयमा परिषद्ले आन्दोलन गर्दै आएको छ । सरकारको बजेट वक्तव्यबाट विद्यालयका कर्मचारीको तलब र ज्यालामा विभेद गरिएकाले आन्दोलन सुरु भएको हो । परिषद्ले गत साउन २३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गरी माग पूरा गर्न आग्रह गरेकामा समस्याको समाधानका लागि पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले आज बेग्ला बेग्लै विज्ञप्ति जारी गरेर परिषद्को मागप्रति सुनुवाइ गर्न माग गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्