०३ असार २०८३, बुधबार

भारतमा देखियो कारुणिक दृश्य : भाइको शव लिएर भौंतारिए यी बालक

भदौ १३, २०७९
भारतमा देखियो कारुणिक दृश्य : भाइको शव लिएर भौंतारिए यी बालक

भारतको उत्तर प्रदेशमा रहेको बागपतमा शनिवार १० वर्षका एक बालकले आफ्ना दुई वर्षे भाइको शव बोकेर हिँडेको कारुणिक दृश्य सार्वजनिक भएको छ । 

जिल्ला अस्पतालबाट कुनै शववाहन नपाएपछि ती बालकले अँगालोमा भाइको शव बोकेका हुन् । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

सागर कुमार नामक बालक त्यसरी लगभग ५० मिटर हिँडेका थिए । उनका पिता उनीपछाडि थिए । उनीहरूले अस्पतालको मुर्दाघरबाट शव बोकेका थिए । 

प्रहरीका अनुसार, काला कुमार नामक दुई वर्षीय बालकलाई उनकी सौतेनी आमाले कारमुनि फालिदिएपछि कुल्चिइएर मृत्यु भएको थियो । अत्यधिक रोइरहेको भनी ती क्रूर महिलाले बालकलाई दिल्ली–सहारनपुर राजमार्गमा फालिदिएकी थिइन् । 

प्रहरी अधिकृत देवेन्द्र कुमार शर्माले महिलाविरुद्ध भारतीय दण्ड संहिताका विभिन्न दफा अन्तर्गत जाहेरी दर्ता गरिएको जानकारी दिएका छन् । प्रहरीले पोस्टमोर्टमका लागि शवलाई अस्पताल पठाएको थियो । 

मृत बालकका पिता प्रवीण कुमार दैनिक ज्यालादारी मजदूर हुन् । उनी छोरो सागर र नातेदार रामपालका साथ मुर्दाघर पुगेका थिए । 

प्रवीणले एक स्वास्थ्य अधिकृतलाई शववाहनका लागि बारम्बार अनुरोध गरेको भए पनि उनले सुनेको नसुन्यै गरे । त्यसपछि उनी पैदलै ४० किलोमिटर पर रहेको घर पुगे । अलिकति हिँडेपछि उनी थाके अनि जेठो छोरोलाई शव बोक्न दिए । 

स्थानीयहरूले पितापुत्रको भिडियो खिचेर सामाजिक सञ्जालमा राखेपछि अस्पताल अधिकारीहरूले वाहन मिलाएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्