०६ साउन २०८३, बुधबार

काला जादूका लागि यस्ता वस्तुको प्रयोग गरिन्छ

कात्तिक २०, २०७४
काला जादूका लागि यस्ता वस्तुको प्रयोग गरिन्छ

हाम्रो संस्कृतिमा प्राचीन कालदेखि नै तन्त्रमन्त्र, जादू, भूतप्रेत लगायतका रहस्यमयी कुराको अभ्यास हुँदै आएको छ । धेरै मान्छेलाई आफ्नोजीवनमा आइपरेको समस्या कालो जादूको कारण हो भन्ने लाग्छ । यो सत्य हो कि झुट हो कसैले भन्न सक्दैन । अहिलेसम्म यसको रहस्य सुल्झिएको छैन ।

तर्साउने फिल्महरूमा अनेक विधि गरेर तान्त्रिकहरूले मानिसलाई दुःख दिएको देखाइन्छ । दुःख दिइएको मान्छेको कुनै निशानी जस्तै कपडा, कपाल, खानेकुरा लिएर त्यसमा फुकफाक गरेर दुःख दिएको देखाइन्छ । व्यक्तिमा भूतप्रेत छिराइदिएर दुःख दिएको त्यसमा देखिन्छ ।

काला जादूमा प्रयोग हुने केही वस्तुमा निम्न पर्दछन् :

नङ र कपाल
काला जादूमा सबभन्दा बढी प्रयोग हुने वस्तु नङ र कपाल हुन् किनकि तिनमा डिएनए विद्यमान हुन्छ ।

कपडा
कसैकसैलाई आफ्नो कुनै कपडा एकदम मन परेको हुन्छ र घरिघरि लगाउन मन लाग्छ । त्यसैले तान्त्रिकहरूले हानि पु—याउन चाहेको व्यक्तिको प्रिय कपडा ल्याउन भन्छन् किनकि त्यसमा बढी असर पुग्छ । आफ्ना बच्चाका कपडा अरूलाई दिन नचाहने आमाबुवा तपाईँले भेट्नुभएको होला । यसका पछाडि कालो जादूकै डर कारण हो ।

कागती
कागतीको प्रयोग कुदृष्टिबाट जोगिन र कसैलाई कालो जादूमार्फत हानि पुयाउन दुवै रूपमा गरिन्छ । तान्त्रिकले बलि दिनका लागि कागती प्रयोग गर्छन् भन्ने विश्वास गरिन्छ ।

कालो धागो वा कपडा
कसैमाथि कालो जादू गर्नुछ भने कालो कपडा वा धागोबाट उसको पुतला बनाउँछन् तान्त्रिकहरूले । त्यही पुतलालाई व्यक्तिको प्रतिरूप मानेर काला जादू प्रयोग गरिन्छ ।

यसमा अलावा सिन्दूर, तेल, हाड, कंकाल, औंसीको रात लगायतका कुराको प्रयोग गरेर जादूटोना गर्ने गरिन्छ ।

यो सब लेख्नुको उद्देश्य पाठकलाई भ्रमित र अन्धविश्वासी बनाउनु होइन । तर धेरै मानिसलाई यसप्रति विश्वास हुनाले यी कुराहरूको प्रयोग सतर्कतापूर्वक गर्नका लागि मात्र यो लेखिएको हो । हाम्रो उद्देश्य तपाईँलाई तर्साउनु हैन, सचेत गराउनु मात्र हो ।

salt training

कमेन्ट गर्नुहोस्