०८ साउन २०८३, शुक्रबार
मन्त्रिपरिषद् बैठकको निर्णय

गणेश नेपालीको आत्मदाह : उच्च अदालतका पूर्वन्यायाधीश बास्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन

साउन ६, २०८३
काठमाडौं
गणेश नेपालीको आत्मदाह : उच्च अदालतका पूर्वन्यायाधीश बास्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन

गणेश नेपालीको आत्मदाह प्रकरणमा सरकारले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले घटनाको सत्य तथ्य पत्ता लगाउन बास्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने निर्णय गरेको सरकार प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

समितिमा पूर्वसहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्वसहसचिव रामुराज कडरिया सदस्य रहने छन् ।

बैठकले समितिलाई अबको सात दिनभित्र घटनासम्बन्धी छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिएको छ।

नेपालीको गत असार २६ गते वीर अस्पतालको ‘बर्न युनिट’मा उपचारको क्रममा निधन भएको थियो।

उनको मृत्युपछि नेपाल सरकार तथा काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको थियो।

सहमतिको पहिलो बुँदामा घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्ने उल्लेख थियो ।

salt training

कमेन्ट गर्नुहोस्