![तीजको अवसरमा पशुपति क्षेत्रमा दर्शनार्थीको चहलपहल [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/teej10_UDvA4UmN7Z.jpg)
हरितालिका तीज पर्व मंगलवार धुमधामसँग मनाइँदैछ । हिन्दू नेपाली नारीहरूले महादेवको पूजाआराधना गरी तीज मनाउँदैछन् ।
आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौंथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन गरिन्छ ।
तीजको अवसरमा मंगलवार पशुपतिनाथ मन्दिरमा महिलाहरूको चहलपहल देखिएको छ ।
हेर्नुहोस् फोटो फिचर –

















