०८ असार २०८३, सोमबार

कक्षा कोठामा हाँसेको भन्दै विद्यार्थीलाई शिक्षकले हाने चट्कन, लगियो अस्पताल

भदौ १४, २०७९
कक्षा कोठामा हाँसेको भन्दै विद्यार्थीलाई शिक्षकले हाने चट्कन, लगियो अस्पताल

बुटवलको दिप बोर्डिङ हाई स्कूलका शिक्षकले १० कक्षामा पढ्ने विद्यार्थीलाई कुटपिट गरेका छन् ।

विद्यालयका कम्प्युटर शिक्षक एकराज गुरागाईले विद्यार्थी जेनित रायमाझीलाई कानमा हानेको अभिभावकले बताएका छन् ।

तिलोत्तमा–५ घर भएका जेनितले कक्षा कोठामा हाँसेको भन्दै शिक्षकले चट्कन हानेको अभिभावक चन्दा रायमाझीले बताइन् । शारीरिक सजाय दिन नपाइने भए पनि विद्यालयका शिक्षकले पटक–पटक विद्यार्थीलाई कुटपिट गरेकाले विद्यार्थीहरू असुरक्षित भएका उनको भनाई छ ।

शिक्षकको कुटाइबाट घाइते भएका जेनितलाई अभिभावकले लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रालिमा उपचार गराएका थिए । अभिभावकका अनुसार जेनितलाई १५ दिन आराम गर्न चिकित्सकले सुझाएका छन् ।

उपचारका क्रममा उनको बंगारामा असर पुगेको चिकित्सकले बताएको अभिभावक चन्दा रायमाझीले बताइन् । विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले आफूलाई पनि विद्यार्थीलाई कुटपिट भएको जानकारी आएको र यसबारे थप बुझ्ने प्रयास भइरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्