
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ । मंगलवार अपराह्नसम्ममा नतिजा प्रकाशन गर्ने गरी तयारी अगाडि बढाइएको बोर्डले जनाएको छ ।
मंगलवार अपराह्नम्सम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने गरी तयारी अघि बढाइएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले लोकान्तरलाईजानकारी दिए । अन्य प्राविधिक समस्या नआएमा मंगलवार नै नतिजा प्रकाशन हुने उनको भनाइ छ ।
मंगलवार अपरान्ह ३ बजेका लागि बोर्डको बैठक बोलाइएको छ ।
बोर्डले सबै विषयको परीक्षा एकैसाथ प्रकाशन गर्ने तयारी गरेको छ । केहीवर्ष पहिले फरक विषयको परीक्षाफल फरक समयमा प्रकाशन गर्ने गरिएको थियो ।