×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

ओलीसँग ३१ सीटमा दाबी गर्दै साना दल, १५ सीट छाडेर १५० आफूले राख्ने एमालेको रणनीति

भदौ १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारूढ गठबन्धन आसन्न निर्वाचनका लागि सीट बाँडफाँटको रस्साकस्सीमा जुटिरहेका बेला संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि चुनावी तालमेलको आन्तरिक तयारीमा छ । 

Sagarmatha Cement
Muktinath Bank

संसदीय शक्तिका आधारमा दोस्रोदेखि छैठौं स्थानसम्मका दलहरूले चुनावी गठबन्धन गरेर संसद्को ठूलो दल एमालेलाई घेराबन्दीको प्रयास गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्ताको नेतृत्व गरिरहेको कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, नेपाल समाजवादी दल, राष्ट्रिय जनमोर्चा लगायतका शक्तिले आगामी प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् । 


Advertisment
Nabil box
Kumari

मधेशलाई मुख्य आधार बनाएर राजनीति गरिरहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी चुनावी सहकार्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग संवादमा छ ।

Vianet communication
Laxmi Bank

गठबन्धन भत्काउन सबै उपाय लगाएको एमालेले अन्ततः गठबन्धन टुट्दैन भन्ने निक्र्यौल गरिसकेपछि गत शुक्रवार र शनिवार केन्द्रीय कमिटीको बैठकबाट वामपन्थी शक्तिहरूलाई चुनावी तालमेल गर्न आह्वान त गरेको छ, तर त्यो आह्वान व्यावहारिकरूपमा कार्यान्वयनमा जान सक्ने छाँटकाँट देखिँदैन । 

एमालेसँग तत्काल चुनावी सहकार्य गर्ने सम्भावना भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक क्षमयचना नगर्दासम्म राजनीतिक सहकार्य नहुने बताउने गरेका छन् । एमालेका नेताहरूले पनि चुनावी सहकार्यका लागि गठबन्धनबाट बाहिरिए पछि मात्रै संवाद अघि बढ्नसक्ने तर्क गरिरहेका छन् । 

एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख विष्णु रिजाल भन्छन्, ‘दक्षिणपन्थी शक्तिको नेतृत्वमा सरकारमा सहभागी हुने, कांग्रेस सभापति नै आफ्नो नेता हो भन्ने अवस्थामा रहेका शक्तिलाई कसरी वामपन्थी शक्ति मान्ने ? उनीहरूले गठबन्धन छाडेर आउँछन् भने त्यसेबला सहकार्यका विषयमा छलफल हुन सक्ला ।’

माओवादी केन्द्रले भने अहिले कांग्रेससँगै तालमेल गरेर जानु चुनावका लागि ‘कम्फर्टेबल’ हुने ठानेको छ । 

ठूला दलहरूसँग चुनावी सहकार्य नहुने देखेपछि एमालेले राष्ट्रिय राजनीतिमा रहेका भुरे–टाकुरे दलहरूसँग सहकार्यका लागि सम्वाद अघि बढाइरहेको छ । एमालेका महासचिव शंकर पोखरेल भन्छन्, ‘जोसँग तालमेल गर्दा पारस्पारिक लाभ हुन्छ त्योसँग चुनावी तालमेल गर्छौं । हाम्रो पार्टीको नीतिगत पक्षसँग सम्झौता गरेर चुनावी तालमेलमा जाँदैनौ ।’

एमाले तालमेलका बारेमा सधैँ खुला रहेको तर, गठबन्धन बनाउने पक्षमा भने नरहेको महासचिव पोखरेलले स्पष्ट पारे ।

उनले भने, ‘एमाले कुनै प्रकारको गठबन्धनको पक्षमा छैन । हामी आफ्नो नीतिका आधारमा निर्वाचनमा प्रस्तुत हुन गइरहेका छौं । तालमेलका बारेमा सधैँ खुला छौं तर चुनाव आफ्नो नीतिको अधारमा लड्छुपर्छ भन्ने मान्यताका पक्षमा छौं । कुनै राजनीतिक दलसँग गठबन्धनको कुरा गरेका छैनौं । चुनावी तालमेलको कुरा गरेका छौं । जहाँसम्म देशभक्त, प्रगतिशील र वापमन्थीहरूको ध्रविकरणको कुरा छ, त्यो भनेको राजनीतिक ध्रुवीकरणको कुरा हो, गठबन्धनको कुरा होइन ।’ 

अहिले एमालेसँग चुनावी तालमेलका लागि मुख्यगरी, राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल), एकनारायण ढकालको परिवार दल र हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीले छलफल गरिरहेका छन् । यसो हुँदा आगामी चुनावमा सत्तारूढ गठबन्धनविरुद्ध एमाले नेतृत्वको पाँच दलीय तालमेल हुनेछ । 

एमालेले गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा पनि ती दलहरूसँग सहकार्य गरेको थियो । २०७४ को चुनावमा राप्रपासँग एमालेले आंशिक तालमेल गरेको थियो ।

झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्नका लागि झापा क्षेत्र नम्बर ३ मा राप्रपाका राजेन्द्र लिङ्देनलाई छाडेका थिए ।

त्यसबेला उनीहरू दुवैजना निर्वाचन जितेर आए । उनीहरूले चुनाव जित्नमा माओवादी केन्द्रको मत पनि परेको थियो । 

आगामी चुनावमा पनि एमाले र राप्रपाले चुनावी सहकार्यका लागि छलफल गरिरहेका छन् ।

राप्रपाका एक पदाधिकारीले बताए अनुसार अध्यक्ष राजेन्द्र लिङ्देन नै एमालेसँग सीट बाँडफाँटको छलफलमा जुटेका छन् ।

राप्रपाभित्रको आन्तरिक छलफलमा एमालेसँग २० सीटको प्रस्ताव गर्नुपर्ने सुझाव अध्यक्ष लिङ्देनलाई नेताहरूले दिएका छन् । 

प्रतिनिधि सभामा २० सीट र प्रदेश सभामा ४० सीटका लागि एमालेसँग प्रस्ताव राख्नुपर्ने सुझाव अध्यक्षलाई दिएको राप्रपाका एक पदाधिकारीले बताए ।

‘२०७४ मा हामीले ५ सीट लिएर ६० सीट एमालेलाई छाडेका हौं । यसपटक त्यस्तो हुनुहुँदैन भनेर अध्यक्षलाई सुझाव दिएका छौं’, ती पदाधिकारीले भने । 

तर, राप्रपाको नेतृत्व तहमा भने कुल १२ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने गरी एमालेसँग छलफल गर्न निर्वाचन क्षेत्र र नाम नै तय भएको छ । जसमा झापा– ३ मा राजेन्द्र लिङ्देन, चितवन– ३ मा विक्रम पाण्डे, नवलपरासी पश्चिम– २ मा ध्रुवबहादुर प्रधान, रूपन्देही– ३ मा दीपक बोहोरा, बाँके–२ मा धवलशम्शेर राणा, नुवाकोट– १ मा डा. प्रकाशचन्द्र लोहनी, धादिङ– १ मा बुद्धिमान तामाङ, सुर्खेतमा मुकुन्द श्याम गिरी, दैलेखमा कुन्ती शाही, सुनसरीमा रामकुमार सुब्बा, उदयपुरमा हरिबहादुर बस्नेत र सिन्धुपाल्चोकमा पशुपति शम्शेर राणाले टिकट पाउने गरी एमालेसँग तालमेल हुनुपर्ने प्रस्ताव पार्टीको नेतृत्व तहमा तयार भएको राप्रपाका एक पदाधिकारीले जानकारी दिए । 

उता कमल थापाको राप्रपा नेपालले भने एमालेसँग ७ देखि ८ सीट पाउनुपर्ने प्रस्ताव गरिरहेको उक्त पार्टीका महामन्त्री राजाराम बर्तौलाले बताए ।

‘एमालेसँग चुनावी तालमेल गरेर जाने हो भने राप्रपा नेपालमा आएर चुनाव लड्छौं भन्ने अन्य राजनीतिक दलका ७/८ जना साथीहरू अहिले पनि संवादमा हुनुहुन्छ । हामीले एमालेसँग सोही अनुसार प्रस्ताव राखेका छौं’, बार्तौलाले भने । 

राप्रपा नेपालले हेटौंडा, काठमाडौं, बाँके, झापा र कञ्चनपुरमा एमालेसँग टिकट दाबी गरिरहेको छ ।

‘एमालेले झापामा राप्रपा नेपाललाई छाड्न सक्दैन भने सुनसरी र मोरङमध्ये एक क्षेत्रमा चाहिन्छ भनेका छौं । काठमाडौंमा निर्वाचन क्षेत्र– २, ६ र ८ मध्ये एउटा हामीलाई चाहिन्छ भनेका छौं’, बर्तौलाले भने, ‘हामी सहकार्यको सबै विकल्पमा खुला छौं । अहिले नै सीट बाँडफाँटको कुरा टुंगो लागिहाल्ने अवस्था छैन ।’ 

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी पनि एमालेसँगको सहयोगमा चुनाव लड्ने तयारीमा छन् । २०७४ को चुनावमा पनि उनले एमालेको सहयोगमा नवलपरासी पश्चिम–१ मा चुनाव जितेका थिए । उनले यसपटक पनि सोही क्षेत्रमा एमालेसँगको सहयोगमा चुनाव लड्ने तयारी गरेका छन् । 

त्रिपाठीले गत साउन ३० मा बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग एमालेकै चुनाव चिह्नमा चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए । त्यसबेला उनले कम्तिमा दुई निर्वाचन क्षेत्रमा आफूलाई सहयोग गर्नुपर्ने प्रस्ताव गरेको एमाले स्रोतले बताएको छ । 

त्रिपाठीले नवलपरासी पश्चिम– १ बाहेक बाँके क्षेत्र नम्बर– २ र कपिलवस्तु– २ मध्ये एक आफूलाई दिनुपर्ने दाबी गरेको एमालेका नेताहरू बताउँछन् ।

तर, त्रिपाठी भने चुनावी सहकार्यका बारेमा सामान्य चर्चा मात्रै भएको र अन्तिम निक्र्यौलमा पुग्न बाँकी रहेको बताउँछन् । सीट बाँडफाँटको बारेमा अझै विस्तृतमा छलफल गर्नै बाँकी रहेको उनले बताए । 

२०७४ को चुनावमा बाँके क्षेत्र नम्बर–२  मा पशुपति दयाल मिश्र त्रिपाठी नेतृत्वको स्वतन्त्र समूहमा समावेश भएर एमालेको सूर्य चिह्नमा चुनावी मैदानमा थिए ।

तर, मिश्रले त्यसबेला चुनाव हारे । अहिले उनी एमाले प्रवेश गरिसकेका छन् । त्यसेबला कपिलवस्तु– २ मा त्रिपाठी समूहमा रहेर एमालेको सहयोगमा चुनाव लडेका वृजेशकुमार गुप्त पनि एमाले प्रवेश गरिसकेका छन् । 

आफ्नो समूहका दुवै नेता एमाले प्रवेश गरेपछि त्रिपाठीले ती क्षेत्रमा आफूलाई सघाउनुपर्ने प्रस्ताव एमालेमा गरेका हुन् । हुन त, ओलीले त्रिपाठीलाई पनि एमाले प्रवेश गर्न भन्दै आएका छन् । उनी त्यसमा सहमत भएका छैनन् । 

अर्को, नेपाल परिवार दलका अध्यक्ष एकनारायण ढकालले पनि गोरखामा एमलोसँगको सहयोगमा चुनाव लड्ने चाहना एमाले अध्यक्ष ओलीसँग व्यक्त गरिरहेका छन् । गोरखामा एमालेको खासै बलियो उपस्थिति छैन । 

एमालेका महासचिव शंकर पोखरेल चुनावमा पारस्पारिक लाभ हुने देखिएमा चुनावी तालमेल हुनसक्ने बताउँछन् । 

चुनावी तालमेलको विषयलाई पार्टीको नीतिसँग जोडेर व्याख्या गर्न नहुने उनको तर्क छ । ‘चुनावमा तालमेल गरेकै आधारमा पार्टीले आफ्नौ नीतिसँग सम्झौता गर्‍यो भन्ने अर्थमा व्याख्या गर्नु हुँदैन । आगामी चुनाव भनेको गठबन्धन भर्सेस बलियो राष्ट्रिय शक्ति छनोटको संघर्ष हो’, पोखरेलले भने । 

विभिन्न दल र व्यक्तिले एमालेसँग चुनावी तालमेलको प्रस्ताव गरेको भए पनि आगामी चुनावमा बढीमा १५ सीट अरूलाई छाडेर १५० सीटमा एमालेले नै उम्मेदवारी दिने अवस्था रहेको एमालेका नेताहरू बताउँछन् । 

२०७४ को चुनावमा एमाले र माओवादीले चुनावी गठबन्धन गर्दा ६०–४० को अनुपातमा सीट बाँडफाँट गरेका थिए । एमालेको भागमा ९९ सीट थियो ।

त्यसबाहेक, हृदयेश त्रिपाठी, पशुपति दयालमिश्र, वृजेशकुमार गुप्ता र ईश्वरदयाल मिश्रले सूर्य चिह्नबाट चुनाव लडेका थिए । त्यसो हुँदा सूर्य ध्वजाबाहक उम्मेदवारको संख्या १०३ थियो ।

सूर्य चिह्न लिएर उम्मेदवार भएकामध्ये ८० जनाले चुनाव जितेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x