२२ असार २०८३, सोमबार

कम नम्बर दिएर फेल गराएको भन्दै विद्यार्थीहरूले शिक्षकलाई बाँधे रुखमा

भदौ १५, २०७९
कम नम्बर दिएर फेल गराएको भन्दै विद्यार्थीहरूले शिक्षकलाई बाँधे रुखमा

भारतको झारखण्डस्थित दुम्का गाउँमा रहेको एक विद्यालयका विद्यार्थीहरूले शिक्षकहरूलाई रुखमा बाँधेर कुटपिट गरेका छन् । 

आफूहरूलाई कम नम्बर दिएर फेल गराएको आरोप लगाउँदै उनीहरूले कुटपिट गरेको बताइएको छ । 

घटनाको जानकारी पाएका शिक्षा अधिकारी सुरेन्द्र हेबरामले शिक्षकहरूसँग कुराकानी गरेका छन् । घटनास्थलमा पुग्दा विद्यार्थीहरूले प्राक्टिकलमा एकदमै कम अंक दिइएको अनि शिक्षकहरूबाट उचित प्रतिक्रिया नपाइएको बताए भनी हेबरामले जानकारी दिए । 

कुटाइ खानेमध्येका एक शिक्षक कुमार सुमनले बताए, ‘विद्यार्थीहरूले हामीलाई बैठक गर्ने बहानामा बोलाए । आफूहरूको रिजल्ट बिग्रिएको गुनासो उनीहरूले गरे । उनीहरूको प्राक्टिकलको अंक रिजल्टमा जोडिएको रहेनछ । त्यो काम प्रधानाध्यापकले गर्नुपर्ने हो । हाम्रो यसमा केही दोष छैन ।’
 

salt training

कमेन्ट गर्नुहोस्