१० साउन २०८३, आइतबार

धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयर बाँडफाँट

धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयर बाँडफाँट

सनराइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडकोे साधारण शेयरमा बाँडफाँट गरिएको छ । उक्त साधारण शेयरका लागि १८ लाख ६५ हजार ९२६ दरखास्त फारामबाट कुल २ अर्ब ४ करोड ७५ लाख ९८० कित्ताको लागि आवेदन प्राप्त भएको थियो । 

प्रति शेयर रु. १०० अंकित दरको ३ लाख ३१ हजार कित्तामध्ये कर्मचारी तथा सामूहिक लगानी कोषलाई वितरणपश्चात बाँकी भएको ३ लाख ९ हजार २९५ कित्ता शेयर गत साउन २४ देखि २९ गतेसम्म सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । उक्त अवधिमा १८ लाख ६५ हजार ९२६ दरखास्त फारामबाट कुल २ अब ४ करोड ७५ लाख ९८० कित्ताको लागि आवेदन प्राप्त भएको हो । 

उक्त निष्काशनमा आवेदन दिने १८ लाख ६५ हजार ९२६ जना आवेदकहरुमध्ये रित नपुगेका १ हजार २८६ जना आवेदकहरूलाई बाँडफाँटमा समावेश नगरी बाँकी १८ लाख ६४ हजार ६४० जना आवेदकहरुलाई एउटै समूहमा राखि ३० हजार ९२९ जनालाई १० कित्ताका दरले गोलाप्रथा विधिबाट ३ लाख ९ हजार २९० कित्ता बाँडफाँड गरिएको छ । त्यस्तै, बाँकी रहेको ५ कित्ता शेयरको लागि बाँडफाँटमा परेका आवेदकहरूमध्येबाट थप ५ जना सफल आवेदक छनोट गरी प्रतिव्यक्ति १ कित्ताका दरले ५ कित्तासमेत गरी जम्मा ३ लाख ९ हजार २९५ कित्ता शेयर बाँडफाँट गरिएको छ । 

नियमन निकायका प्रतिनिधिहरूको रोहबरमा निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको प्रतिनिधिको उपस्थितिमा सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंमा शेयर बाँडफाँट कार्य सम्पन्न गरिएको सनराइज क्यापिटलले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्