
एयर एक्सपर्ट नेपालले माइदीया ब्रिजलेश इन्भर्टर एयर कन्डिसनर बजारमा लिएर आएको छ । अत्याधुनिक टेक्नोलोजी तथा आधुनिक प्रविधिहरूको संयोजन रहेको यो एसीको सिमलेस हावा प्रवाह र अधिकतम बिजुली बचत मूल विशेषता रहेको छ ।
यो नयाँ पुस्ताको माइदीया ब्रिजलेस एयर कन्डिसनरको नयाँ तथा आधुनिक प्रविधिहरू, ऊर्जा बचत मोड र स्टाइलिस डिजाइनले ग्राहकलाई प्रभावित पार्ने कम्पनीको दाबी छ । यसमा रहेको वाइफाई कन्ट्रोल फिचरले स्मार्टफोन वा ट्याब्लेटबाट नै एसी चलाउन सकिन्छ । वारेन्टीका साथ पार्ट्सहरू पनि सजिलै उपलब्ध हुने भएकोले ग्राहकहरूमा सन्तुष्टि पाउन सकिने कम्पनीले जनाएको छ ।
गर्मी होस् या जाडो आमघरको आवश्यकता हो एसी । तर, मध्यमवर्गीय परिवारलाई एसी विलासिताको वस्तु बन्दै आएको थियो । एयर एक्सपर्टसको एसी सुपथ मूल्यमा प्राप्त हुन थालेपछि मानिसहरूको घरमा एसी सहजै पर्याप्त रूपमा जडान हुन थालेको छ । आज नेपालकै सबैभन्दा बढी एसी बिक्री वितरण गर्ने कम्पनी बनेको छ एयर एक्सपर्ट । विश्व प्रसिद्ध प्रविधि अपनाउने माइदीया र मित्सुवीसीजस्ता उत्पादक कम्पनीको एसी नै एयर एक्सपर्टसले रोजेको छ ।
एयर एक्सपर्टसको अफिस काठमाडौंको थापाथलीस्थित पञ्चायन मार्गको शारदा ग्रुप बिल्डिङमा छ ।