कोका–कोला नेपालले कोका–कोला जेरो सुगर आरजीबी (रिटर्नेबल ग्लास बोतल) बोतलमा बजारमा ल्याएको छ । जेरो सुगर र क्यालोरी बिना ओरिजिनल कोका–कोलाको स्वादको रिफ्रेश्मेन्ट चाहने उपभोक्ताहरूलाई लक्षित गरेर यो नयाँँ प्याक बजारमा ल्याइएको हो । फेरि प्रयोग गर्न मिल्ने भएकोले यी आरजीबी बोतलहरू वातावरणमैत्री त छन नै, यसको ग्लास प्याकेजिङले कोका–कोलालाई लामो समयसम्म रेफ्रेश बनाइ राख्छ । कोका–कोला जेरो सुगर आरजीबी बोतल काठमाडौंका विभिन्न किराना पसल र खाजा घरहरूमा ४० रुपैयाँमा २५० मिलिको ग्लास बोतलमा उपलब्ध छ ।
कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हामी हाम्रा उपभोक्ताहरूको लागि हरेक परिस्थितीहरूमा उपयोग गर्न मिल्ने किसिमको विविधता प्रदान गर्न तत्पर छौँ, चाहे त्यो स्वादमा होस् अथवा प्याकेजिङमा। यसै सन्दर्भमा कोका–कोला जेरो सुगर आरजिबि प्याकमा पनि यहाँँहरू माझ ल्याउन पाउँदा अत्यन्तै उत्साहित छौँ । जिरो क्यालोरीमा कोकाकोलाकै ओरिजिनल रिफ्रेशमेन्ट चाहने उपभोक्ताहरूको लागि यो अत्यन्तै उपयुक्त रोजाइ हो ।’
कोका–कोलाले यसै वर्ष नेपालमा नयाँँ र अझ मिठो स्वादमा ओरिजिनल कोका–कोलाको जस्तै रिफ्रेशमेन्ट प्रदान गर्ने कोका–कोला जेरो सुगर लन्च गरेको थियो । स्थानीय उपभोक्ताहरूसँग आफ्नो सम्बन्ध अझै नजिक बनाउने आफ्नो प्रतिबद्धता अनुसार कोका–कोलाले निरन्तर रुपमा उनीहरूको जीवन–शैली र आवश्यकता अनुरुपको विभिन्न स्वाद र प्याकेजिङमा आफ्ना उत्पादन हरू बजारमा ल्याउँदै आइरहेको छ ।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक श्री प्रदिप पाण्डेले कोका–कोला जेरो सुगरको आरजीबी प्याक नेपाली बजारमा जेरो क्यालोरी रिफ्रेश्मेन्टको किफायती विकल्प भएको बताए । ‘क्यालोरी बिना रिफ्रेश्मेन्ट लिन चाहने उपभोक्ताहरूको लागि अत्यन्तै उपयुक्त यो प्याक पुन प्रयोग गर्न मिल्ने भएकोले वातावरण मैत्री र सुरक्षित रहेको छ’, उनले भने ।
कोका–कोला जेरो सुगरको नयाँँ आरजीबी प्याक २५० मिलिलिटरमा उपलब्ध छ । साथै यसको पेट प्याक २५० मिलिलिटर र ५०० मिलिलिटरमा पनि उपलब्ध रहेको छ ।