२६ असार २०८३, शुक्रबार

सिद्धार्थ बैंक एक्सिलेन्स इन प्रिपेड कार्डस् बिजनेस २०२२ अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक एक्सिलेन्स इन प्रिपेड कार्डस् बिजनेस २०२२ अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक लिमिटेड ‘एक्सिलेन्स इन प्रिपेड कार्डस् बिजनेस २०२२’ अवार्डबाट सम्मानित भएको छ । भिसाद्वारा आयोजित ‘भिसा लिडरसीप कन्क्लेभ, पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंकले उक्त अवार्ड प्राप्त गरेको हो । 

भिसाअन्तर्गत रहेका नेपालका बैंकहरूमध्ये प्रिपेड कार्ड व्यवसायमा उत्कृष्ट अभिवृद्घि र उपलब्धि हासिल गरेको आधारमा बैंकले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । सिद्धार्थ बैंकलाई यसअघि पनि भिसाले ग्राहकको आवश्यकताअनुसार नयाँ आइडियालाई अवलम्बन गरी कार्ड सेवालाई अझ प्रभावकारी बनाएको आधारमा ‘एक्सिलेन्स इन ड्राइभिङ इनोभेसन’ अवार्डबाट सम्मानित गरेको थियो । 

आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरूमा अझ उच्चस्तरीय सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको छ । यस खुशीको अवसरमा बैंकले अटुट सहयोगका लागि आफ्ना ग्राहकहरू, सरोकारवालाहरू र सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले हाल देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन काउन्टरसहित), ११७ शाखारहित बैंकिङ सेवा, १ हजार ७०० भन्दा बढी पिओएस मेसिन र २० हजारभन्दा बढी क्यूआर मर्चेन्टमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिँदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिनेजस्ता विभिन्न डिजिटल बैंकिङ सुविधाहरू आफ्नो वेबसाइटमा रहेको इजीबैंक पोर्टलमार्फत समेत प्रदान गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्