
पछिल्लो २४ घण्टामा मुलुकभर २०० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २ हजार १५६ नमूना परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १ हजार ३८१ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ९२ जना र २ हजार १५६ नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा १०८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या २ हजार ६४२ पुगेको छ ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।
संक्रिय संक्रमितमध्ये २ हजार ४९४ जना होम आइसोलसनमा, १४८ जना संस्थागत आइसोलेसन, ३९ जना आईसीयू र ६ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।
त्यसैगरी विगत २४ घण्टामा ३३९ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।