२९ असार २०८३, सोमबार

माइपे डिजिटल वालेटको एक दिने 'राइड' कार्यक्रम सम्पन्न

माइपे डिजिटल वालेटको एक दिने 'राइड' कार्यक्रम सम्पन्न

माइपे डिजिटल वालेटले आयोजना गरेको राइड कार्यक्रम ‘सजिलो प्रिजेन्स माइपे राइड विथ एम आर बी’ सम्पन्न भएको छ ।

भाद्र १८ गते शनिवार सम्पन्न उक्त मोटरसाइकल राइड कार्यक्रममा चर्चित ‘मोटो भ्लगर’सँगै राइड मन पराउने २०० भन्दा बढी राइडरको सहभागीता रहेको थियो ।

राइडमा नेपालमा विभन्न भागबाट आएका राइडरहरुको सहभागिता रहेको थियो । 

माइपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताको अध्यक्षतामा सम्पन्न उक्त राइड कार्यक्रम भक्तपुरको राधे राधेदेखि काभ्रेको धुलिखेलसम्म पुगेको थियो । 

कार्यक्रममा चर्चित मोटो भ्लगर विविद जंग थापा (एम आर वि) सँगै नायिका स्वस्तिमा खड्का, नायक नीराजन प्रदानको समेत उपस्थिती रहेको थियो । 

कार्यक्रममा र्‍याप समूह ट्रिपी ग्याङ तथा सन्दर्भ ब्यान्डले लाइभ प्रस्तुति समेत दिएका थिए ।

माइपेका सिईओ मनोज मेहताले नेपाली युवाहरु माझ लोकप्रिय माइपे वालेटले आगामी दिनमा समेत युवाहरुको चहाना र आवश्यकतालाई मध्येनजर गर्दै थप सुविधाहरु थप्दै लगिने जानकारी दिए ।

यस्तै राइड कार्यक्रमलाई सम्बोधन गर्दै माइपेका विजनेस तथा मार्केटिङ्ग हेड रोशन सिग्देलले युवाहरुमाझ लोकप्रिय बन्दै गएको माइपे वालेटले युवाहरुकै इच्छा बमोजिम राइड कार्यक्रम आयोजना गरेको बताए ।

नेपाली राइड सियरिङ एप सजिलोका प्रमुख कार्यकारी अधिकृत अमिर लामाले युवाहरुलाई नयाँ अनुभवको अवसर दिएको तथा आफूपनि यस कार्यक्रममा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । 

कार्यक्रममा सहभागी राइडरहरु अहिलेसम्मकै उत्कृट राइडको अनुभव रहेको बताएका थिए ।

डिजिटल भुक्तानीप्रति जनचेतना अभिवृद्धि गर्ने, ट्राफिक नियमको पालना सम्बन्धी जनाकारी गराउँने साथै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले राइडको आयोजना गरिएको माइपेको भनाइ छ ।

कमेन्ट गर्नुहोस्