२६ असार २०८३, शुक्रबार

बैंकहरूको निक्षेपमा सुधार, एक सातामै थपियो ११ अर्ब

बैंकहरूको निक्षेपमा सुधार, एक सातामै थपियो ११ अर्ब

वाणिज्य बैंकहरूको निक्षेपमा सुधार देखिएको छ । पछिल्लो एक सातामा बैैंकहरूमा ११ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । बैंकहरूमा ४४ खर्ब २६ अर्ब रुपैयाँ पुगेको निक्षेप ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकहरुमा चालू आवको साउन लागेदेखि नै निरन्तर घटिरहेको निक्षेप भदौ १० देखि १७ सम्मको अवधिमा भने बढेको देखिएको छ । 

बैैंकहरूमा साउन लागेदेखि नै घटिरहेको निक्षेप १० भदौसम्ममा ५२ अर्ब रुपैयाँ घटिसकेको थियो । यो अवधिमा बैंकहरूको कर्जा प्रवाह भने जम्मा १ अर्ब रुपैयाँले बढेको छ । बैंकहरूमा पछिल्लो समय कर्जा प्रवाह ४१ खर्ब ८० रुपैयाँबाट ४१ खर्ब ८१ अर्ब रुपैयाँमा पुगेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्