१८ असार २०८३, बिहीबार

अन्तर्राष्ट्रिय साक्षरता दिवस आज, नेपालमा पनि मनाइँदै

अन्तर्राष्ट्रिय साक्षरता दिवस आज, नेपालमा पनि मनाइँदै

‘साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण’ भन्ने आदर्श वाक्यका साथ आज नेपालमा पनि ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । 

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो । दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सन्देश दिँदै साक्षरता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मूल्याङ्नको मापनसहितको प्रतिवेदन आज सार्वजनिक गर्दैछ ।
 

salt training

कमेन्ट गर्नुहोस्