×

NMB BANK
NIC ASIA

सामाजिक सुरक्षा कोष

एसएसएफको अव्यावहारिक निर्णयः उपचारको बिल पेश गर्न नपाइने व्यवस्थाले योगदानकर्तालाई सास्ती

भदौ २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सामाजिक सुरक्षा कोषले पर्याप्त तयारीविनै औषधि उपचारको बिल भुक्तानी रोकेर सम्बन्धित अस्पतालमै जानुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।

Muktinath Bank

जुनसुकै अस्पतालमा उपचार गरेको बिल पेश गरी रकम दाबी गर्ने व्यवस्थालाई कोषले साउनदेखि हटाएको हो । साउनबाट कोषमा आबद्ध योगदानकर्ताले कोषले तोकेकै अस्पतालमा गएर सेवा लिनुपर्ने व्यवस्था गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामाजिक सुरक्षा कोषमा योगदान गर्ने रोजगारदाताले जुनसुकै अस्पतालमा गएर औषधि उपचार गरेको बिलको भुक्तानी दाबी गरेको अवस्थामा अधिकतम सीमा एक लाख ननाघ्ने गरी ८० प्रतिशतसम्म रकम पाउने व्यवस्था थियो ।


Advertisment
Nabil box
Kumari

कोषले साउनदेखि तोकिएको अस्पतालमा जानुपर्ने र अस्पतालले नै ८० प्रतिशत रकम दाबी गर्ने व्यवस्था गरेको छ । बाँकी २० प्रतिशत रकम मात्रै योगदानकर्ता (बिरामी)बाट लिने गरिन्छ । 

Vianet communication
Laxmi Bank

कोषले यसका लागि सातै प्रदेशका ११४ अस्पतालसँग सम्झौता गरेको भएपनि जनघनत्व बढी भएका र योगदानकर्ताले सहजै उपचार पाउने अस्पतालसँग सम्झौता गरेको छैन ।

हालसम्म केही सरकारी र निजी अस्पतालमा गएर सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले उपचार सेवा लिन सक्छन् ।

तर, अस्पतालको संख्या कम भएको, सबै सरकारी अस्पतालसँग सम्झौता भइनसकेको र सम्झौता भएका अस्पतालमा पनि समयमा नै सुविधा नपाउने समस्या छ । 

सम्झौता भएका सबै अस्पतालले सरकारी दररेटमा एउटै शुल्क लिने र सो बापतको रकम सामाजिक सुरक्षा कोषले व्यहोर्ने कोषको दाबी छ ।

कोषमा हालसम्म १७ हजार ३३१ रोजगारदाताबाट ३ लाख ५६ हजार ३०८ श्रमिक आबद्ध भएका छन् । 

योगदानकर्ताले सास्ती व्यहोरिरहे पनि कोषले भने योगदानकर्ताकै हितलाई दृष्टिगत गरेर अस्पतालमै जाने र त्यहीँ सामाजिक सुरक्षा कार्ड देखाएर उपचार गर्ने व्यवस्था मिलाइएका दाबी गरेको छ ।

कोषका सहप्रवक्ता रोहित रेग्मी सबै अस्पतालमा समान शुल्क तिरेर उपचार पाइने व्यवस्था गरिएको बताउँछन् ।

कोषमा आबद्ध नभएको अस्पतालमा पुगेर उपचार गर्दा धेरै खर्च हुने र बिरामीले दाबी गर्दा कोषले तोकेको दररेटको ८० प्रतिशत मात्र दिँदा योगदान कर्तालाई महंगो पर्न जाने तर्क उनले गरे ।

यही व्यवस्था अनुसार सहजै अस्पताल उपलब्ध नभएका विभिन्न ११ वटा जिल्ला बाहेकमा तोकिएकै अस्पतालमा गएर उपाचार गर्नुपर्ने व्यवस्था कोषले गरेको रेग्मीको जिकिर छ ।

काठमाडौंंमा कोषमा आबद्ध अस्पतालको संख्या सीमित रहेको गुनासो आइरहेको छ । अस्पतालको संख्या थप गर्दै जाने र योगदानकर्तालाई सहज गर्दै जाने आश्वासन कोषले दिने गरेको छ ।

कोषमा आवद्ध भएको अस्पतालमा गएर उपचार गर्दा मेडिकलमा एक लाख रुपैयाँसम्मको खर्चमा २० प्रतिशत मात्रै तिरे हुन्छ भने दुर्घटनाको उपचारमा भने शुल्क नै नलाग्ने व्यवस्था छ ।

सामाजिक सुरक्षा कोषका अनुसार साउनदेखि तोकिएको अस्पताल बाहेकमा गएर उपचार गरे उपचार खर्च पाउँदैनन् ।

कोषमा आबद्ध नभएका अस्पताललाई आबद्ध गराउन र योगदानकर्तालाई सस्तोमा उपचार गर्न प्रोत्साहनका लागि पनि यो व्यवस्था गरिएको पनि कोषको भनाइ छ ।

२०७६ साउन १ गतेपछि कुनै पनि श्रमिकलाई रोजगारदाताले सामाजिक सुरक्षा कोषमा आबद्ध नगरेको वा नियमित योगदान नगरेको भएपनि सामाजिक सुरक्षा कोषले दिने बराबरको सुविधा रोजगारदाताले नै श्रमिकलाई दिनुपर्ने व्यवस्था कोषले छ । 

नियमित रकम जम्मा भए सामाजिक सुरक्षा कोषले व्यहोर्ने र नभए सम्बन्धित रोजगारदाताले नै अनिवार्य रूपमा व्यहोर्नुपर्ने हुन्छ ।

कोषमा आबद्ध नभएको कुनै पनि श्रमिकको मृत्यु भएमा वा अशक्त भएको अवस्थामा जीवनभरको पेन्सन सम्बन्धित रोजगारदाता कार्यालयले दिनुपर्ने व्यवस्था गरिएको छ ।

दुर्घटना भए निःशुल्क उपचार सेवासमेत दिनुपर्छ । यसका लागि सम्बन्धित मजदुर वा उसको आफन्तले कोषमा उजुरी दिनुपर्छ ।

यसअघि सामाजिक सुरक्षा कोषमा आबद्ध नभएकै कारण योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको दफा १७ र नियमावलीको नियम १२ बमोजिम दुई बैंकबाट मजदूरलाई क्षतिपूर्ति दिलाइएको थियो ।

हेर्नुहोस्, उपचारका लागि तोकिएका अस्पताल :

योदानकर्ताको परिवारलाई स्वास्थ्य उपचार सुविधा दिने तयारी

सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताको परिवारलाई समेत स्वास्थ्य उपचार सुविधा दिने तयारी गरिरहेको छ । यसका लागि सामाजिक सुरक्षा कोष नियमावली संशोधन गर्ने तयारी भइरहेको छ । 

सरकारले चालू आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यबाटै वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा आवद्ध गराउने र योगदानकर्ताको परिवारका सदस्यलाई समेत स्वास्थ्य उपचार सुविधा दिने घोषणा गरेको छ । सो घोषणा अनुसार चालू आवबाटै उक्त सेवा सुविधा दिन आवश्यक प्रक्रिया अगाडि बढिरहेको सामाजिक सुरक्षा कोषका सहप्रवक्ता रोहित रेग्मीले बताए । 

सरकारले बजेट वक्तव्यमार्फत ‘सामाजिक सुरक्षा कोषको रकम कामदारको स्वस्थ्य उपचार, सन्ततिको शिक्षा तथा परिवारको बीमा गर्न प्रयोग गरिने व्यवस्था गरेको छ ।’ यो व्यवस्था अनुसार चालू आवभित्रै योगदानकर्ताको परिवारका लागि स्वास्थ्य उपचार सुविधा दिने गरी तयारी भइरहेको कोषका सहप्रवक्ता रेग्मीले जानकारी दिए ।

हाल यसको विषयमा कार्यविधि बनाउने सहितको प्रक्रियामा श्रम तथा रोजगार मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x