२६ असार २०८३, शुक्रबार

मैले राम्रा डाक्टर बनाएँ, तर चरित्रवान डाक्टर बनाउँन सकिनः शशांक काेइराला

मैले राम्रा डाक्टर बनाएँ, तर चरित्रवान डाक्टर बनाउँन सकिनः शशांक काेइराला
फाइल तस्वीर

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपालका चिकित्सकहरू धेरै पैसामुखी भएको भन्दै असन्तुष्टि जनाएका छन् । बिहीवार विपी प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले सेवामुखी हुनुपर्ने डाक्टरहरू पैसामुखी भएको भन्दै दुःख व्यक्त गरेका हुन् । 

आफूले धेरै डाक्टरहरुलाई अध्यापन गराएको उल्लेख गर्दै डा. कोइरालाले अहिले डाक्टर राम्रा तर अप्रेशन गर्न लागेको बिरामीलाई पैसा दिएपछि मात्रै अप्रेशन गर्छु भन्ने किसिमका भएको बताए । उनले आफूलाई पीडा हुँदा पनि अरूको सेवा गर्नु नै डाक्टरी पेशा भएकोले फलको आश नगरी सेवा गरेर अघि बढ्न सुझाव दिए । 

‘जीवन भनेको प्रयत्न हो, फलको चिन्ता गर्नु हुँदैन, प्रयत्न गरिराख्ने हो । मैले धेरै डाक्टरहरुलाई पढाएँ । १६ वर्ष कटिसकेको डाक्टरको चरित्रमा परिवर्तन गर्न नसकिने रहेछ’, उनले भने, ‘राम्रो डाक्टर बनाएँ । तर उनीहरू के गर्छन् भने बिरामीलाई टेबलमा राखेपछि भन्छन्, तिम्रो पेट म चिर्छु तर तिमीले ६० हजार रुपैयाँ मलाई दिनुपर्छ । त्यस्तो डाक्टर बनाएँ, डाक्टर राम्रा तर चरित्र नभएका । आफूलाई पीडा हुँदा पनि अरूको सेवा गर्नु नै डाक्टरी पेशा हो ।’

salt training

कमेन्ट गर्नुहोस्