
देशकै अग्रणी मानव संशाधन संस्था रोलिङ नेक्सस आजबाट १८ औं वर्ष पूरा भएर १९ वर्षमा प्रवेश गरेको छ ।
सन् २००४ मा देशमा बिध्यमान बेरोजगारी समस्यालाई एउटा सेतुको रुपमा रहेर नेपाली अर्थतन्त्रलाई मद्दत गर्दै आइरहेको रोलिङ ग्रुप अफ कम्पनीका निर्देशक निशा केसीले बताइन् ।
अहिले रोलिङ नेक्ससले रोलिङ जब , क्याट, इभेन्ट, बजार,टेन्डर , बतासे हिल्स, कर्मशिल बिदेश र रोलिङ स्वदेश जस्ता कम्पनीहरु खडा भइसकेको उनको भनाइ छ ।
कम्पनीले विभिन्न सरकारी कार्यलयदेखि निजी कम्पनीसम्म, दातृ निकायदेखि प्रतिष्ठित संस्थामा लाखौं कर्मचारी प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ ।