२७ असार २०८३, शनिबार

‘माइलेज किङ’ यामाहा रे जेडआर स्कुटर: १ लिटरले ५८ किमी गुड्ने, ३ वर्षमा १ लाखभन्दा बढी बचत

‘माइलेज किङ’ यामाहा रे जेडआर स्कुटर: १ लिटरले ५८ किमी गुड्ने, ३ वर्षमा १ लाखभन्दा बढी बचत

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा भएको तीव्र वृद्धिका कारण अर्थतन्त्र नै समस्यामा परेको छ ।

जसबाट हरेक सामानको मूल्य बढ्न गई उपभोक्ताले महंगीको मार खेप्नुपरेको छ । 

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण सवारी साधनको यात्रा गर्नु आफैं पनि निकै महंगो साबित हुँदै गइरहेको अवस्था छ । 

वर्तमान समयमा माइलेज दिने खालका सवारी साधनहरू विशेष गरी उपभोक्ताको रोजाइमा पर्न थालेको छ ।

माइलेज रोज्दा पावर र पफर्मेन्स नहुने तथा पावर र पफर्मेन्स हेर्दा माइलेज नपाइने गुनासो उपभोक्ताले गर्ने गरेका छन् ।

कम्तिमा दुईपाङ्ग्रे सवारीको हकमा उपभोक्ताको यो गुनासो यामाहाको ‘रे जेड आर १२५ एफआई’ स्कुटरले सम्बोधन गर्न सक्छ । 

नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको तीव्र वृद्धिलाई उचित सम्बोधन गर्ने क्षमता यस स्कुटरमा रहेको दाबी गरेको छ ।

कम्पनीले यस स्कूटरलाई विशेष गरी अधिकतम माइलेजका लागि प्रयोग गर्न उपयुक्त हुने दाबी गरेको छ । ‘मोर पावर, मोर माइलेज !’ भन्ने नारासहित बजारमा आएको यस स्कुटर प्रयोग गर्दा माइलेज धेरै पाउने र खर्च पनि कम हुने एमएडब्ल्यु इन्टरप्राइजेजकी सिनियर अफिसर सुभेच्छाा भट्टराई बताउँछिन् । 

कम्पनीले नेपाली बजारमा यस स्कुटरलाई करीब २ वर्षअघि सार्वजनिक गरेको थियो । यस स्कुटरले शुरूदेखि नै ‘मोर पावर, मोर माइलेज’को नारा दिएको थियो । अर्थात्, कम्पनीले उच्च माइलेजका लागि नै यो स्कुटर निर्माण गरेको बताएको छ । 

कम्पनीका अनुसार, यस स्कुटरले ५८ किलोमिटर प्रतिलिटरको माइलेज दिनेछ । अर्थात एक लिटर पेट्रोल राखेर यो स्कुटर गुडाउने हो भने त्यो पेट्रोलले ५८ किलोमिटरसम्म गुड्छ ।

कम्पनीले दाबी गरेको यो माइलेज सहज रूपमा हेर्दा अविश्वसनीय देखिन्छ । सामान्यतया बजारमा उपलब्ध अन्य कम्पनीका स्कुटरहरूले ३० देखि ४५ किलो मिटर प्रतिलिटर माइलेज दिइरहेको पाइन्छ । 

ती स्कुटरहरूले दिने माइलेजको तुलनामा यामाहाको रे जेडआर १२५ एफआईले दोब्बर बढी माइलेज दिने कम्पनीकी सिनियर अफिसर भट्टराई बताउँछिन् ।

माइलेजसँगै आकर्षक लुक्स र दमदार पावर पनि यसको विशेषता रहेको कम्पनीको दाबी छ ।

बढी माइलेज दिने यी ३ कारण 

एफआई टेक्नोलोजी

यामाहाको रे जेडआर १२५ एफआई स्कुटर माइलेजको सबालमा निकै किफायती हुनुको एक महत्त्वपूर्ण कारण हो, फ्युल इन्जेक्सन टेक्नोलोजी । यो टेक्नोलोजी नेपाली बजारमा पहिलोपटक यामाहाले नै भित्र्याएको हो ।

‘यो स्कुटरलाई माइलेज फोकस गरिएको छ, किनभने यसमा एफआई टेक्नोलोजी प्रयोग गरिएको छ,’ कम्पनीका सिनियर अफिसर भट्टराई भन्छिन्, ‘यसले इन्जिनलाई जति मात्रामा तेल चाहिन्छ, त्यति मात्रै सप्लाइ गर्छ । अन्य स्कुटरमा प्रयोग हुने कार्बोरेटरले भने एकैपटक धेरै तेल खपत गरिरहेको हुन्छ ।’

कम्पनीले यस स्कुटरको माइलेज ५८ किलोमिटर प्रतिलिटर दाबी गरेको छ । १२५ सीसी सेगमेन्टमा यो निकै राम्रो माइलेज हो ।

‘इन्डियाबाट कम्पनीले यो माइलेज दाबी गरिसकेपछि हामीले ल्यायौं । त्यसपछि यो माइलेजमा ग्राहक पनि निकै सन्तुष्ट हुनुभयो,’ उनले भनिन्, ‘हामीलाई राम्रा प्रतिक्रियाहरू आए । विभिन्न समयमा कम्पनीले गर्ने गरेको माइलेज परीक्षणमा पनि ७० किलोमिटर प्रतिलिटर, ८० किलोमिटर प्रतिलिटरको दरले माइलेज दिइरहेको हामी पाउँछौँ ।’

स्वचालित स्टार्ट एन्ड स्टप 

यामाहाको यस स्कुटरमा स्मार्ट मोटर जेनेरेटर छ । जसले स्वचालित रूपमा इन्जिन ‘स्टप’ एण्ड ‘स्टार्ट’ गर्ने काम गर्छ । तपाईं स्कुटरमा यात्रा गर्दै गर्दा सडकको चोकचोकमा ट्राफिक जामको सामना गर्नुपर्ने हुन्छ । यस्तो समयमा अन्य स्कुटरमा यात्रा गर्दा कतिपयले स्टार्ट बन्द गर्ने गरेका हुन्छन् त कतिपयले त्यो नगरेको पनि भेटिन्छ, जसले गर्दा अनावश्यक रूपमा पेट्रोल खपत भइरहेको हुन्छ । 

त्यसकारण कम्पनीले रे जेडआर १२५ एफआई स्कुटरमा सवारी जामका समयमा वा अन्य समयमा पनि केही सेकेन्ड स्कुटर गुड्न छाड्ने बित्तिकै स्वचालित रूपमा इन्जिन बन्द गर्छ । र, पछि खुलाउन थोरै एक्सलेटर चलाए मात्रै हुन्छ, स्टार्ट गरिरहनु आवश्यक हुँदैन । 

यो प्रणालीका कारण पनि पेट्रोलको खपत कम गर्न र माइलेज बढी दिन सम्भव भएको हो ।

स्कुटरको तौल कम

अन्य कम्पनीको स्कुटरहरूको तुलनामा यामाहाको यो स्कुटरको तौल निकै कम रहेको छ । कम्पनीका अनुसार यो स्कुटरको तौल ९९ किलो मात्रै रहेको छ ।

स्कुटरहरूले उसको तौलका कारण पनि कतिपय अवस्थामा बढी पेट्रोल खपत गर्ने गर्दछन् । 

तौल बढी भएका स्कुटरहरूले पिकअप लिनका लागि बढी नै पेट्रोल खपत गर्ने गर्दछन्  ।

तसर्थ, कम तौल भएका कारण पनि यो स्कुटरले पीकअप राम्रोसँग दिने कम्पनीका सिनियर अफिसर भट्टराई बताउँछिन् ।

उनी भन्छिन्, ‘स्कुटरको लाइट वेट भइसकेपछि यसले आफ्सेआफ् माइलेज बढी दिनका लागि हेल्प गर्छ ।’

यी ३ वटा विशेषता भएका कारण यो स्कुटरले ५८ किलोमिटर प्रतिलिटर माइलेज सहजै दिने उनको दाबी छ । 

खर्च पनि कम

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा सवारी साधन चलाउनेहरूले यसको उत्तम विकल्प खोज्नका लागि भौँतारिएको देखिन्छ ।

तर यामाहाले भने रे जेडआर– १२५ एफआई स्कुटर चलाउँदा माइलेज बढी दिने र खर्च पनि निकै नै बच्ने दाबी गर्दै आएको छ ।

कम्पनीका सिनियर अफिसर भट्टराईले यो स्कुटर चलाउँदा अन्य स्कुटर चलाउँदाभन्दा बढी किफायती हुने भन्दै स्मार्ट सेभिङका लागि यसले ठूलो सहयोग गर्ने दाबी गरिन् । 

उनका अनुसार, ३ वर्ष यो स्कुटर चलाउँदा अन्य स्कुटर चलाउँदा भन्दा  १ लाख ४ हजार ८८५ रुपैयाँ बचत हुन्छ ।

जसलाई कम्पनीले स्मार्ट सेभिङ भनेको छ ।

एक महिनामा १२५ सीसी क्षमताको अन्य स्कुटर चलाउँदा करीब ३३.३३ लिटर पेट्रोल खपत हुने भन्दै उनले रे जेडआर १२५ एफआई स्कुटर चलाउँदा झण्डै त्यसको आधा १७.२४ लिटर मात्रै पेट्रोल खपत हुने दाबी गरिन् ।

के–के छन् अन्य विशेषता ? 

यामाहाको रेजेडआर १२५ एफआई स्कुटरको मुख्य विशेषता नै एफआई इञ्जिन हो । 

यस स्कुटरमा १२५ सीसीको बीएस ६ मापदण्डयुक्त प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिन दिइएको छ ।

यस स्कुटरमा अंग्रेजी अक्षर ‘वाई’ आकारको एलइडी लाइट, नयाँ डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाइट स्टार्ट–अपका लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच, युनिफाइड ब्रेकिङ सिस्टमजस्ता आधुनिक र सुविधाजनक फिचर समावेश छ ।

यस स्कुटरको डिजाइन स्पोर्टी र आकर्षक बनाइएको छ । 

कति पर्छ मूल्य ? 

कम्पनीले रे जेडआर १२५ एफआई ३ भेरियन्टमा उपलब्ध गराएको छ । जसको मूल्य २ लाख ६९ हजार ९०० रुपैयाँ, २ लाख ७८ हजार ९०० रुपैयाँ र २ लाख ८९ हजार ९०० रुपैयाँ कायम गरेको छ । 

हेर्नुहोस्, माइलेज टेस्ट र टेस्ट ड्राइभको भिडियो :

salt training

कमेन्ट गर्नुहोस्