२९ असार २०८३, सोमबार

नमस्ते पेले शुरू गर्‍यो चाडपर्व लक्षित क्याम्पेन

नमस्ते पेले शुरू गर्‍यो चाडपर्व लक्षित क्याम्पेन

नमस्ते पेले दशैं, तिहार तथा छठ पर्वको अवसरमा फेस्टिभ क्याम्पेन घोषणा गरेको छ ।

यस अभियानमा ४९ दिनसम्म नमस्ते पे प्रयोगकर्ताहरु विभिन्न सेवाहरु विभिन्न अफर पाउनेछन् ।

यस अभियानमा बम्पर अफरको रूपमा, सात भाग्यशाली विजेताहरूले १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्।

प्रयोगकर्ताहरूले जति धेरै कारोबार गर्नेछन्, त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र १००% क्यासब्याक पाउने मौका हुने कम्पनीले जनाएको छ।

 अभियान अवधिको बीचमा कुनै पनि सेवाहरू (वालेट टु वालेट ट्रान्सफर र लोड फण्ड बाहेक) को कारोबार गर्ने प्रयोगकर्ताहरू योग्य हुनेछन्।

त्यसैगरी, नमस्ते पे मार्फत युटिलिटी बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पे ले तिरिदिने अफर रहेको कम्पनीले जनाएको छ । 

उडान टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले रु १००० क्यासब्याक पाउनेछन् र अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड उडान टिकट पाउनेछन् ।

दशैं दक्षिणाको रूपमा, आफ्नो परिवार र आफन्तहरूलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताहरूले 100% क्यासब्याक  पाउने कम्पनीले जनाएको छ ।

त्यस्तै, अभियान अवधिभर सबै प्रयोगकर्ताले मोबाइल टपअपमा १० रुपैयाँसम्म १०% क्यासब्याक पाउनेछन्। प्रयोगकर्ताहरूलाई प्रोमोकोड उपलब्ध गराइनेछ जुन तीन पटक रिडिम गर्न सकिन्छ।

थप रूपमा, नमस्ते पेले भ्वाइस र डेटा प्याकहरू, बिलहरूको भुक्तानी, मर्चेन्ट भुक्तानीहरू, उडान टिकटहरू आदि सहित विभिन्न सेवाहरूमा विभिन्न फ्ल्यास अफर प्रदान गर्नेछ। 
 

salt training

कमेन्ट गर्नुहोस्