
दशैं तिहारजस्ता चाडपर्वहरू नजिकिँदै गएसँगै त्यससँग सम्बन्धित गीतहरू सार्वजनिक हुन थालेका छन् ।
कलाकारहरुले दशैं तिहारलाई लक्षित गरेर तयार पारेका गीतहरू सार्वजनिक गर्न थालेका हुन् ।
लोक गायक विष्णु खत्री र लोकगायिका पूर्णकला बिसीको आवाजमा ‘पूर्णिमा रातको जुन झलमल्ल’ बोलको गीत सार्वजनिक भएको छ । बिहीबार बिहान सार्वजनिक यो दशैं गीत हो ।
भरत खत्रीको शब्द, विष्णु खत्रीको संगीत रहेको यस गीतलाई कृष्ण केसीले एरेन्ज गरेका छन् ।
परदेशमा रहेका श्रीमान र स्वदेशमा रहेकी श्रीमतीले दशैं तिहार नजिकिँदा गरेको आ–आफ्नो वेदनलाई गीतमा प्रस्तुत गरिएको छ ।
अर्जुन सापकोटा र कल्पना सुनारको स्वरमा ‘दशैं तिहार मनाउनू’ बोलको गीत सार्वजनिक भएको छ ।
‘खिस्स हाँस्छेउ’ बोलको दशैं गीत पनि युट्युबमा सार्वजनिक भएको छ ।
यस गीतमा प्रितम पोखरेल र सुनिता बुढा क्षेत्रीको स्वर छ । मदन खड्काको निर्देशनमा यस गीतको भिडियो तयार भएको छ ।
अन्य थुप्रै कलाकारहरुका दशैं तिहार लक्षित गीतहरू सार्वजनिक भएका छन् ।
कोहीले उमंगको गीत सार्वजनिक गरेका छन् भने कोहीले परदेशमा रहेकाहरू दशैं तिहारमा घर आउन नपाउँदा गरेको विलौनालाई गीतमा व्यक्त गरेका छन् ।