×

NMB BANK
NIC ASIA

बागलुङमा ‘डेंगु नष्ट, आफ्नै घरबाट’ अभियान

भदौ ३१, २०७९

NTC
Premier Steels

नेपालमा पछिल्लो समय महामारीको रूपमा फैलन थालेको डेंगु रोग रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालयले सचेतनासहित ‘डेंगु नष्ट, आफ्नै घरबाट’ अभियान थालेको छ । डेंगुको संक्रमणबाट बच्न शुरूमा आफ्नै घर वरपर रहेको पानी जम्ने खाल्डाखुल्डी पुर्ने, गमलामा जम्मा भएको पानी फाल्ने र रामखुट्टेको लार्भा फाल्नका लागि सचेतनामूलक कार्यक्रम वडा–वडामा पुर्‍याउन थालिएको उक्त कार्यालयले जनाएको छ । 

Muktinath Bank

कार्यालयका निमित्त प्रमुख तथा जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माका अनुसार जिल्लामा उच्च गतिमा फैलिएको डेंगु संक्रमणबाट बच्नका लागि बिहीवारदेखि विभिन्न सचेतनामूलक अभियान र डेंगुको लार्भा नष्ट अभियान थालिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बागलुङमा डेंगु संक्रमण बढ्दो क्रममा छ, पछिल्लो १० दिनमा २० जनामा संक्रमण भइसकेको छ, रोकथामका लागि हामीले बिहीवारदेखि नै काम शुरु गरेका छौँ, सरोकारवाला निकायलाई डेंगुबारे सचेतना गराएका छौँ भने पत्रकारमार्फत पनि नागरिकलाई सचेत गराएका छौँ’, उनले भने, ‘नागरिकको घरबाटै डेंगु संक्रमण रोक्न अभियान थालेको छौँ, यसलाई वडा तहमै पु¥याइने छ, घरमा जमेको पानी र पानीमा रहेका लार्भालाई खोजौँ र नष्ट गरौँ भन्दै घरघरमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सरोकारवाला निकायलाई पठाइनेछ ।’


Advertisment
Nabil box
Kumari

कार्यालयका अनुसार शुक्रबारदेखि जिल्लाका सबै पालिकामा सचेतनामूलक कार्यक्रम गर्ने, स्वास्थ्य सूचना प्रसारण गर्ने, विद्यालयमा स्वास्थ्य शिक्षा दिनेलगायतका कार्यक्रम तय गरिएको छ । बागलुङस्थित धौलागिरि अस्पतालका डा.रायना श्रेष्ठका अनुसार एडिज नामको लामखुट्टेको टोकाइबाट सर्ने उक्त रोगबाट बच्नुको पहिलो उपाय नै लामखुट्टेको टोकाइबाट बच्ने हो, त्यसको अलवा झुलको प्रयोग गर्ने र घर वरपर पानी जम्न नदिनु हो । 

Vianet communication

डेंगु एक भाइरसद्वारा लाग्ने संक्रमण हो, जुन एडिज नामको लामखुट्टेको टोकाइबाट हुने गर्दछ । विभिन्न प्रकारका एडिजमध्ये एडिज एलवोपिक्टस र एडिज एजेप्टी मुख्य हुन् । डेंगु भाइरस चार प्रकारका हुने प्रमाणित भइसकेको र  यी सबै नेपालमा पाइने गरेका छन् । एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बा हुन्छन्, त्यसैले गर्दा यसलाई टाइगर लामखुट्टे पनि भनिन्छ यो रामखुट्टेबाट मात्रै डेंगुको रोग संक्रमण हुने गरेको छ । 

यसले दिउँसो टोक्दछ भने सफा र स्थिर पानीमा यसले अण्डा पार्ने गर्दछ । पोथी लामखुट्टेले आफ्नो अण्डाको विकासका लागि रगत चुस्ने गर्दछ । आफ्नो १४ देखि २१ दिनको जीवनचक्रमा यसले करिब तीन सयवटा अण्डा पार्दछ । डेंगु रोग लागेपछि अचानक ज्वरो आउने, वाकवाकी लाग्ने र अचेत हुनेलगायतका लक्षण देखा पर्दछन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x