२८ असार २०८३, आइतबार

कोरोना संक्रमण सयभन्दा तल झर्‍यो

कोरोना संक्रमण सयभन्दा तल झर्‍यो

शनिवार सयभन्दा कममा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार ३ हजार ७ सय ४० जनामा गरिएको परीक्षणमध्ये ६३ जनामा संक्रमण पुष्टि भएको छ । 

यस अवधिमा १ सय ३१ जना सङ्क्रमणमुक्त भएका छन् । यो कूल संक्रमणको ९८.६ प्रतिशत हो । सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ६६ रहेको छ । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौं र दुई सयभन्दा बढी संक्रमित भएको जिल्ला ललितपुर रहेको छ । संक्रमित शून्य भएका ११ वटा जिल्ला रहेका छन् ।
 
यस्तै होम आइसोलेशनमा १ हजार ९ सय २, संस्थागत आइसोलेशनमा ६४, सघन उपचारकक्ष (आइसीयू)मा २० जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा कोरोना भाइरसविरुद्धको खोप कसैले पनि लगाएका छैनन् ।
 

salt training

कमेन्ट गर्नुहोस्