×

NMB BANK
NIC ASIA

पश्चिम सुर्खेतका बस्तीमा बाढी

असोज १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले सुर्खेतको पश्चिम क्षेत्रका धेरै ठाउँमा क्षति पु¥याएको छ । जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका धेरै स्थानका बस्तीमा बाढी पसेको हो ।

Muktinath Bank

चौकुने गाउँपलिका–८ भाम्लेमा आएको बाढीले १२ वटा घरमा क्षति पु¥याएको छ भने एउटा भैँसी पुरिएको छ । चौकुनेकै वडा नं ९ रागमाविद्यापुर खोलाबाट आएको बाढी बस्तीमा पस्दा घर डुबानमा परेको गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार उक्त स्थानमा करिब १० घरमा क्षति पुगेको छ । वडा नं २, ३, ४ र १० का केही बस्तीमा बाढी र पहिरोले क्षति पु¥याएको छ । चौकुने–२ मा एक, वडा नं ४ मा दुई घरमा क्षति भएको छ । वडा नं ३ गोभ्रामा आएको पहिरोले सात  घर उच्च जोखिममा रहेका छन् भने बेतानखोलबाट आएको बाढीले तीन सय रोपनी खेत बगरमा परिणत भएको छ । यस्तै चौकुने–१० घाटगाउँमा आएको बाढीले पनि दर्जनौँ घरमा क्षति पु¥याएको छ ।


Advertisment
Nabil box
Kumari

गाउँपालिका अध्यक्ष विकले बाढीमा परेर हालसम्म कुनै मानवीय क्षति नभएको जानकारी दिए । उनले बाढीबाट प्रभावित स्थानीयलाई उद्धार गरेर सुरक्षित स्थानमा सार्ने र पाल तथा खाद्यान्नको व्यवस्थापन गरिरहेको र पीडितलाई थप आवश्यकतानुसारको राहत वितरण गर्ने तयारी रहेको बताए । रासस

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x