०४ साउन २०८३, सोमबार

आइएमई मोटर्सले ल्यायो 'लोन मेला'

आइएमई मोटर्सले ल्यायो 'लोन मेला'

आइएमई मोटर्सद्वारा प्रवर्द्धित  अशोक लेल्याण्डले ग्राहकहरूलाई लक्षित गरी लोन मेला आयोजना गर्ने भएको छ ।

काठमाडौँ, नेपालगन्ज, जीतपुर, इटहरी र बर्दिबासमा असोज २ गतेदेखि ४ गतेसम्म र बिर्तामोड, बुटवल, धनगढी, हेटौंडा, पोखरा र दाङमा असोज ६ गतेदेखि ७ गतेसम्म गरी दुई चरणमा सम्पन्न हुने उक्त मेलाको भरपूर फाइदा ग्राहकहरूले लिन सकिने बताइएको छ। 

ग्राहक लक्षित अफर सहित यस प्रकारको फाईनान्स सुबिधा पनि कम्पनीले आफ्ना ग्राहकहरूलाई दिँदै आइरहेको छ । साना गाडी दोस्त, ट्रक टिप्पर साथै बसहरूमा यो सुबिधा उपलब्ध हुनेछ । 

कम्पनीका अनुसार, नेपालभरका सम्पूर्ण शाखाहरूबाट यो सुबिधा लिन सकिने छ । 

मेलामा अशोक लेल्याण्ड गाडीहरूका लागि कम ब्याजदरमा अधिकत्तम फाईनान्स सुबिधासहित स्थलगत निर्णय गरिने कम्पनीको भनाइ छ ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो। 

रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ । 

आइएमई मोटर्सले विशेष सुविधा युक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठूला कमर्सियल गाडीहरू बिक्री वितरण गर्दै आएको छ । 

साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरू पनि उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्