१० साउन २०८३, आइतबार

देशभर मनसुन सक्रिय, आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा?

साउन ९, २०८३
काठमाडौं
देशभर मनसुन सक्रिय, आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । 

मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भू–भागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भू–भागमा सरदर स्थानको आसपासमा छ । देशभर साधारणतया बादल लागेको छ । 

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आज दिउँसो हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा पनि साधारणतया बादल लाग्नेछ । 

मधेश र कोशीको तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेस प्रदेश र कोशी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनीको हिमाली र पहाडी भू–भागका केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । 

बागमती र गण्डकीको तराई भू–भागका केही स्थान,  कोशीको तराई र मधेस प्रदेशको थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी तथा कोशीको पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

salt training

कमेन्ट गर्नुहोस्