२८ असार २०८३, आइतबार

डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै

डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै
फाइल तस्वीर

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले शुक्रवार विज्ञप्ति जारी गर्दै डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जानकारी दिएका हुन् ।

उनका अनुसार हरेक दिन बिराएर गरिएको प्रयोगशाला परीक्षणको रिपोर्टअनुसार शरीरमा इलेक्ट्रोलाइट्सको मात्रा घट्दै गइरहेको छ । इलेक्ट्रोलाइट्सको आपूर्तिका लागि डा.केसीले अस्वीकार गरिरहेको उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

डा केसीको दिसामा रगत देखिने समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । अहिले दिसामा रगतको देखा नपरेको अस्पतालले जनाएको छ । स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै विगत ११ दिनदेखि कैलालीको धनगढीबाट अनशन शुरु गरेका डा.केसीको दिसामा रगत देखापरेको लगायतका समस्या उत्पन्न भएपछि असोज ६ गते बेलुका सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो । रासस
 

salt training

कमेन्ट गर्नुहोस्