×

NMB BANK
NIC ASIA

दशैं नजिकिएसँगै काठमाडौं उपत्यकामा बजार अनुगमन तीव्र

असोज ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

उपभोक्तामाथि ठगी गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधवार भक्तपुरको मध्यपुर ठिमीस्थित एक डिपार्टमेन्टल स्टोरलाई २ लाख रुपैयाँ जरिबाना गर्‍यो । विभागको टोलीले अनुगमन गर्दा सो स्टोरले खाद्यवस्तुको ‘रिलेबलिङ’ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएको थियो । 

Sagarmatha Cement
Muktinath Bank

विभागको अनुमगन टोलीले बिहीवार गुणस्तर, परिमाण र मूल्यमा उपभोक्तामाथि ठगी गरेको पाइएपछि ललितपुरको इमाडोलस्थित एक खाद्य वस्तु बिक्रेतालाई २ लाख रुपैयाँ जरिबाना ग¥यो । टोलीले मूल्यसूची, फर्म दर्ता प्रमाणपत्र बिक्री स्थलमा नराखेको भन्दै ललितपुरकै लगनखेलस्थित एक औषधि पसललाई ५० हजार रुपैयाँ जरिबाना गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चाडबाड नजिकिएसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ । पछिल्लो एक सातामा मात्रै विभागले दुई सय ७२ फर्ममाथि अनुगमन गरेको छ । गत साउनदेखि हालसम्म आठ सय ४४ फर्मको अनुगमन गरी १ सय ७५ वटा फर्मलाई जरिबाना गरिएको छ । जरिबानाबाट ३५ लाख ३१ हजार राजस्व उठेको छ । सो अवधिमा २३ लाख ९९ हजार मूल्य बराबरको म्याद गुज्रेका खाद्य वस्तु नष्ट गरिएको विभागले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

अनुगमनका क्रममा खरिद बिल नराखेको, दर्ता प्रमाणपत्र देखिने गरी नराखेको, मूल्यसूची नराखेका अधिकांश फर्मलाई विभागले ५ हजार रुपैयाँ जरिबाना गरेको छ । 

Vianet communication
Laxmi Bank

अनुगमन टोलीले कारबाहीमा परेका फर्मलाई दर्ता कागजात अद्यावधिक राख्न, बिक्री बिल लिई विभागमा उपस्थित हुन, मूल्यसूची र दर्ता प्रमाणपत्र उपभोक्ताले देख्ने ठाउँमा राख्न निर्देशन दिएको छ । विभागले खाद्य वस्तु, तरकारी फलफूल, मिनी मार्ट, फार्मेसी, माछामासु, सूर्तीजन्य एवं मदिरा, डेरी प्रोडक्ट, तयारी तथा थान कपडा पसल, कस्मेटिक तथा मिठाइ पसलमा अनुगमन गरेको थियो । 

विभागका निर्देशक हरि पंगेनी चाडबाड नजिकिँदै गर्दा उपभोग्य वस्तुको खरिद बिक्री बढ्ने अवस्थामा उपभोक्ता नठगिउन् भन्ने उद्देश्यले बजार अनुमगनलाई तीव्र पारिएको बताउँछन् । बजार अनुगमनमा सरकारको उपस्थिति देखाउने र स्वच्छ बजार कायम गर्ने उद्देश्यले अनुगमन गरिरहेको उनको भनाइ छ । 

विभागले १० वटा अनुगमन टोली बनाएर दैनिक बजार अनुगमन गरिरहेको छ । अनुमगनका क्रममा व्यापारीले बिलबिजक देखाउन नसक्ने, खरिद र बिक्री बिल नभएको, सरसफाइमा ध्यान नदिएकोलगायतका अवस्था भेटिएको थियो । विभागले क्षेत्रगत विज्ञलाई साथमा लिएर अनुगमन गरिरहेको छ । 

सार्वजनिक बिदाका दिन पनि अनुमगनका लागि विभिन्न स्थानमा टोली खटिइएको निर्देशक पंगेनीले जानकारी दिए । बजारलाई व्यवस्थित बनाउन केही दिनअघि विभागले काठमाडौं महानगरसँग पनि छलफल गरेको छ । स्थानीय तहका उपप्रमुख बजार अनुमगन समितिको अध्यक्ष हुने व्यवस्था छ । 

उपभोक्ताको हकअधिकार संरक्षण सरकारको प्राथमिकतामा परेन

सरकारले स्वच्छ बजार कायम गर्न प्रभावकारी अनुगमन गर्न नसकेको उपभोक्ता अधिकारवादी संघसंस्थाको भनाइ छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष एवं उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना सरकार जिम्मेवार नहुनु, व्यवसायी इमान्दार नहुनु र उपभोक्ता आफ्नो अधिकारका लागि खबरदारी गर्ने अवस्थामा नआउँदा बजार अराजकतामा गएको बताउँछन् । 

दशैं, तिहार तथा छठको पूर्वसन्ध्यामा बजार अनुगमन, नियमन, आपूर्ति व्यवस्था, कार्टेलिङ र जम्माखोरी अन्त्यगरी उपभोक्ताको अधिकारलाई संरक्षण र प्रवद्र्धन गर्नका निमित्त सरकारी संयन्त्रले प्रभावकारी काम नगरेको उनको भनाइ छ । ‘बजारमा विभिन्न बहानामा उपभोक्तामाथि ठगी गर्नेक्रम बढिरहेको छ’, उनले भने, ‘विभिन्न बहानाबाजीमा उपभोक्ताको अनुहार हेरेर वस्तु र सेवाको मूल्य कायम भइरहेको छ ।’ रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

पुस ७, २०८०

इस्पी सम्बत्को नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ ‘पोखरा स्ट्रिट फेस्टिभल’ हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजना र एडसाथीको व्यवस्थ...

माघ ६, २०८०

​बीवाईडीको अधिकृत वितरक साइमेक्स इंक प्रालिले प्रतिक्षित गाडी बीवाईडी सील नेपाल भित्र्याएको छ।​ विद्युतीय साधनको बजारमा क्रान्ति ल्याउने दाबीसहित कम्पनीले सुविधा, प्रविधि र पर्फर्मेन्सको प्रतीकका साथ बीवाईडी सी...

कात्तिक २८, २०८०

नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले नेपाल संवत्‌को अवसरमा काठमाडौं उपत्यकामा आयोजित र्‍यालीमा उत्साहपूर्ण सहभागिता जनाएको छ । उक्त र्‍यालीको प्रयोजक रहेको दराजको उपस्थितिले कार्यक्रममा रौन...

कात्तिक २५, २०८०

नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले आफ्नो सेवा प्रदान गरेको १३औं वर्ष पूरा गरेको छ । आजसम्म आइपुग्दा फूडमान्डुको लोकप्रियता दिनानुदिन बढिरहेको छ र अनलाइन फूड अर्डर गर्न चाहने जो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x