फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
असोज ८, २०७९
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तालमेल गर्ने सहमति गरेको सत्तारूढ गठबन्धन सिट बाँडफाँटको ज्वरोले थलिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने हरेक दिनको बैठक अहिल्यै निष्कर्षमा पुगिहाल्ने अवस्थामा छैन ।
प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्र र ७ वटा प्रदेशको ३३० निर्वाचन क्षेत्रमा सिट बाँडफाँटको बहसले हरेक दिन बालुवाटार गर्माउने गरेको छ । शुरूदेखि नै सिट बाँडफाँट सहमतिमा पुग्न नसक्नुको मुख्य कारण कांग्रेस रहेको गठबन्धनका अरू दलका शीर्ष नेताले सार्वजनिकरूपमा बताउँदै आएका थिए ।
शुरूमा कांग्रेसले न्यूनतम १०० सिट आफूलाई चाहिने दाबी गरेको थियो । अहिले कांग्रेसका नेताहरू त्यो दाबीबाट ओर्लिएका छन् । तर, अन्य दलको दाबी पनि अस्वाभाविक भएका कारण गठबन्धन निर्णयमा पुग्न सकिरहेको छैन ।
कांग्रेसभित्रको गुटगत प्रतिष्पर्धाले पनि गठबन्धनलाई निर्णयमा पुग्न अप्ठ्यारो परिरहेको गठबन्धनमा रहेका अरू दलका नेताहरू बताउँछन् । कांग्रेसमा दुई वटा समूहलाई मिलाउनुपर्ने भएकाले पनि सकेसम्म धेरै सिट आफ्नो पक्षमा राख्ने कांग्रेसका नेताहरूले पहल गरिरहेका छन् ।
कांग्रेसका महामन्त्री गगन थापा गठबन्धनको सिट बाँडफाँट कार्यदलका सदस्य छन् । उनी शीर्ष तहका नेताहरूको बैठकमा पनि सहभागी हुँदै आएका छन् । कांग्रेसमा संस्थापनइतर खेमामा रहेका थापा पार्टीमा आफ्नो समूहलाई सकेसम्म धेरै ठाउँमा समेट्न चाहन्छन् । त्यसैका लागि पनि उनले शुरूमा कांग्रेसलाई न्यूनतम १०० सिट चाहिने दाबी गरेका थिए ।
कांग्रेसको १४औँ महाधिवेशनमा दोस्रो चरणमा सभापतिमा प्रतिष्पर्धा गरेका शेखर कोइराला र पार्टी सभापति शेरबहादुर देउवा पक्ष पार्टीमा आमने–सामने छन् । देउवा कोइराला खेमालाई सकेसम्म बाइपास गरेर अघि बढ्न चाहन्छन् । कोइराला पक्षले त्यसको शसक्त विरोध गर्दै आएको छ ।
पार्टीमा देउवाको कार्यशैलीको सुधार, अवसरको समान वितरण र न्यायको पक्षमा कोइराला समूहले शसक्त दबाब सिर्जना गरिरहेको छ । मंसिर ४ को चुनावमा सकेसम्म कांग्रेसले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएर एकल प्रतिस्पर्धा गर्नुपर्ने पक्षमा कोइराला समूह छ । तर, कांग्रेसको संस्थापन पक्ष यसमा सहमत छैन । गठबन्धनमा रहेका दलहरूलाई कांग्रेसले छाड्नासाथ वामपन्थीहरूको चुनावी समीकरण बन्ने र २०७४ कै निर्वाचनको जस्तो अवस्था आउने डर देउवा पक्षमा छ ।
गठबन्धनभित्र सिट बाँडफाँटको क्रममा कोइराला पक्षका नेताहरूको निर्वाचन क्षेत्र अन्य पार्टीका नेताहरू छाड्न संस्थापन पक्ष सरल भएपछि सशंकित भएको कोइराला पक्ष समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएपछि झन् बिच्किएको छ ।
समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बनाउने क्रममा शेखर पक्षका नेताहरू नसमेटिएपछि उनीहरू पार्टी संस्थापन पक्षसँग थप बिच्किएका हुन् । उनीहरूले समानुपातिक सूची सच्याउन माग गरेका छन् । निर्वाचन आयोगले असोज १६ गतेसम्म बन्द सूची सच्याउने समय दिएको छ ।
समानुपातिकतर्फको बन्दसूचीमा कोइराला पक्षका असाध्यै थोरै नेताको नाम परेपछि कोइराला पक्षले शनिवार काठमाडौंमा खबरदारी सभा नै आयोजना गरेर संस्थापन पक्षलाई दबाब दिएको छ ।
नेता डा. शेखर कोइराला र उनी पक्षका पार्टी पदाधिकारी सहभागी नभएको खबरदारी सभामा संस्थापन इतर खेमाका केन्द्रीय सदस्य, भातृ संस्थाका पदाधिकारी तथा पूर्व पदाधिकारी र आगामी चुनावमा टिकटको दाबेदारी गरिरहेका नेताहरूको सहभागिता थियो ।
खबरदारी सभालाई सम्बोधन गर्दै नेता गुरूराज घिमिरेले संस्थापन इतर पक्षलाई पार्टीमा ४० प्रतिशत हिस्सा चाहिने बताए । कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिमा पराजित भएका शेखर कोइरालाले ४० प्रतिशत मत ल्याएका थिए । सोही आधारमा संस्थापन इतर खेमाले पार्टीमा ४० प्रतिशत हिस्सा दाबी गरेको हो ।
उनीहरूले खबरदारी भेलामार्फत समानुपातिक तर्फको बन्दसूची सच्याउन दबाब दिएका छन् ।
भेलालाई सम्बोधन गर्दै घिमिरेले भने, ‘समानुपातिकमा त देखाउन मिल्ने मान्छे राख्नुस् । अहिले प्रदेश १ बाट राखेका मान्छे हामी नै चिन्दैनौँ, यस्तो नाम राख्न कसले दियो अधिकार ?’
पार्टीमा न्यायोचितरूपमा टिकट वितरण हुनुपर्ने उनले बताए । ‘४० प्रतिशत भाग खोज्ने विषयको प्रतिपादक तपाईं (देउवा) हो । हामी तपाईंकै बाटोमा छौँ । कार्यकर्तालाई न्यायोचित अवसर चाहिन्छ । ४० प्रतिशत भन्दा १ प्रतिशत कम पनि मञ्जुर छैन । अब टुलुटुलु हेरेर हामी बस्दैनौँ’, घिमिरेले भने ।
घिमिरेले संस्थापन पक्षप्रति मात्रै होइन, गठबन्धनमा रहेका अन्यदलहरूप्रति आक्रोश पोखेका छन् । गठबन्धनभित्र हिसाब मिलाउँदैमा कांग्रेसका कार्यकर्ताले गठबन्धनका दललाई भोट नहाल्ने घिमिरेले बताए । अहिले गठबन्धनबाट बढी सिट लिँदैमा कांग्रेसका कार्यकर्ताले भोट हाल्ने र आफूहरूले जित्ने नठान्न घिमिरेले चुनौती दिए ।
‘म हाम्रो सभापतिलाई मात्र होइन प्रचण्डजी र माधव नेपालजीहरूलाई पनि भन्न चाहन्छु हामी आक्रोशको चरणमा छौँ । यसपछि विद्रोह हुनसक्छ । बालुवाटारमा बसेर हिसाब मिलाउँदैमा, सन्देश पठाउँदैमा, घण्टौँ बैठक गर्दैमा मागे जति सीट पाइँदैन र पाएजति सिट जितिँदैन’, घिमिरेले भने, ‘कांग्रेसभित्रको आन्तरिक आयाम नमिलेसम्म टाउको जोडेर जित्ने सोचेको भए होस पुर्याउनुस् । कांग्रेसको भोटबाट जित्ने सपना देख्नुभएको छ भने त्यो सम्भव छैन ।’ पार्टीभित्र न्यायोचित अवसरका लागि शेखर पक्षका पदाधिकारी र नेताहरूलाई खुट्टा नकमाउन पनि घिमिरेले आग्रह गरे ।
नुवाकोटका पूर्वसभापति जगदिश्वर नगरसिंह केसीले समानुपातिकको बन्द सूची असोज १६ गतेभित्र नसच्याए प्रतिवादमा उत्रिने बताए । ‘समानुपातिकमा हामीले दिएका नाम काटिएको छ । १६ गतेसम्म नसच्याए हामी प्रतिवादमा उत्रन्छौँ । समानुपातिक सूची सच्चिएन भने नयाँ बाटोका लागि तपाईं सबै तयार रहनुस्’, केसीले भने ।
नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री मनोजमणि आचार्यले सभापति शेरबहादुर देउवाले पार्टीका लागि भन्दा गठबन्धनमा बढी ध्यान दिएको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘हामीले ल्याएको ४० प्रतिशत मत के को लागि हो ? महामन्त्रीले ल्याएको ३ हजार मतबारे बोल्नुपर्छ कि पर्दैन ? हामीलाई कि त न्यायोचित वितरण चाहियो नत्र ४० प्रतिशत चाहिन्छ, चाहिन्छ र चाहिन्छ । हिजो शेरबहादुरलाई ४० प्रतिशत चाहिने हो भने आज शेखर पक्षलाई किन नचाहिने ? अब यो यात्रा देशभर चल्छ ।’
तरुण दलका पूर्वमहासचिव भूपेन्द्रजंग शाहीले संस्थापन पक्षले समानुपातिकतर्फको उम्मेदवार छनोटमा एकलौटी गरेको आरोप लगाए । ‘समानुपातिक तर्फको नाममा एकलौटी गरिएको छ । केन्द्रीय सदस्यमा देउवालाई बहुमत छ । केन्द्रीय सदस्यमा बहुमत पुगेर मात्र चुनावमा बहुमत आउँछ ? मत दिने त जनताले होला नि’, उनले भने ।
पर्साका पूर्वजिल्ला सभापति अजय द्विवेदीले कांग्रेस विचारको हो कि ब्रिफकेसको भनी प्रश्न गरे । ‘कांग्रेसमा विचार मरेको छ । जहाँ विभेद हुन्छ, त्यहाँ विद्रोह हुन्छ । बहुमतको नाममा विभेद गर्न पाइँदैन’ उनले भने ।
डोटीका नेता भरत खड्काले उम्मेदवार छनोट न्याय संगत नभए शेखर पक्षले देशभर उम्मेदवारी दिने आँट गर्नुपर्ने बताए । ‘प्रचण्ड र माधव नेपालले बाँड्ने टिकट हामीलाई स्वीकार्य छैन । तालमेल गर्नै हुँदैन । आफ्नो असहमति राख्न पार्टीमा पाइन्छ’, उनले भने ।
निवर्तमान सांसद तेजुलाल चौधरीले मधेशमा कांग्रेसलाई अन्याय नहुने गरी गठबन्धन गर्नुपर्ने बताए । ‘मधेशको ३२ सिटमा कांग्रेसले २० सिट कम्तीमा लिनुपर्छ । छोड्दै जाने हो भने कांग्रेस मधेशमा सकिँदै जान्छ’, उनले भने ।
समानुपातिकतर्फको उम्मेदवारी छनोटमा पेलिएको शेखर पक्षका नेताहरूलाई प्रत्यक्षतर्फको उम्मेदवारी छनोटमा पनि यसैगरी थिचोमिचोमा पार्ने डर छ । खबरदारी सभाका देशभर टिकटका आकांक्षी रहेका कोइराला पक्षका नेताहरूको सहभागिता थियो । यसले पनि प्रत्यक्षतर्फको उम्मेदवार चयन र टिकट वितरणमा अहिल्यैबाट खबरदारीमा उनीहरू लागेको बुझिन्छ ।
कांग्रेसभित्रको यो चुनावी झगडाको असर चुनावी तालमेल गर्ने निर्णय गरेका गठबन्धनका दलहरूलाई समेत पर्ने भएको छ । कांग्रेसभित्र टिकट वितरणलाई लिएर असन्तुष्टि बढेको अवस्थामा अन्य दलले टिकट पाएको ठाउँमा कांग्रेस कार्यकर्ता चुनावी अभियानमा नखटिने सम्भावना छ । कांग्रेसको मत थपथाप हुँदा चुनाव जित्ने हिसाब–किताब गरेर उम्मेदवार भएका गठबन्धनमा रहेका अरू दलहरूलाई त्यसले प्रत्यक्ष असर गर्नेछ ।
गठबन्धनमा रहेका दलहरूले पाएको सिटमा जित हासिल गर्नको लागि पनि कांग्रेसभित्रको अन्तरकलह साम्य पार्नुपर्ने चुनौती गठबन्धनमा थपिएको छ ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...