१९ असार २०८३, शुक्रबार

प्रकाश सपूत र निशा सुनारको दोहोरी गीत ‘नभन विदेशी’ सार्वजनिक [भिडियो]

प्रकाश सपूत र निशा सुनारको दोहोरी गीत ‘नभन विदेशी’ सार्वजनिक [भिडियो]

नेपाल छाडेर विदेशलाई कर्मथलो बनाएकाहरूलाई आरोप लाग्ने गर्छ – यिनीहरूलाई देशको माया लाग्दैन । विदेशिएकाहरू भन्छन्, – विदेशमा हुँदा देशको माया झन् दोब्बर भएर आउँछ । 

लोक गायक प्रकाश सपूत र लोक गायिका निशा सुनारले यस्तै विषयवस्तुमा रहेर दोहोरी गीत ल्याएका छन् ‘नभन विदेशी’ । गीत गायिका निशा सुनारको वास्तविक जीवनसँग नै मेल खान्छ । किनकि उनी पछिल्लो केही वर्षयता अमेरिकामा बस्दै आएकी छन् ।

निशाले ५ वर्षपछि आफ्नो स्वरमा नयाँ गीत ल्याएकी हुन् । 

गाउँ, समाज, देशको परिवेश हेरेर मनछुने गीत तयार पार्न माहिर मानिन्छन् प्रकाश । उनले यो गीत पनि निशालाई हेरेर, उनकै लागि तयार पारेका बुझ्न सकिन्छ । 

प्रकाशकै शब्द एवं लय रहेको गीतमा विनोद बाजुरालीको संगीत संयोजन छ । भिडियोमा प्रकाश र निशा स्वयंले अभिनय गरेका छन् । गायक प्रकाशले निशालाई किन विदेश बसेको भनेर विभिन्न घोचपेच गरेका छन् भने निशाले देशको माया हुँदाहुँदै विदेश बस्नुका केही तर्कहरू पेश गरेकी छन् दोहोरीमार्फत ।

उनले आफू विदेशमा रहे पनि मन देश, घरगाउँमै हुने बताउँदै विदेशी नभन्न आग्रह समेत गरेकी छन् । गीतले विदेशिएका नेपालीको मन छुन सक्छ । आरन प्रोडक्सनको प्रस्तुति रहेको गीतको भिडियोलाई प्रकाशका भाइ सुनिल विकले निर्देशन गरेका हुन् । नवराज उप्रेतिको छायांकन, प्रविन भट्टको सम्पादन रहेको भिडियो प्रकाशको यूट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

गीतले यतिबेला राम्रो भ्युज पाउँदै यूट्युब ट्रेन्डिङमा अगाडि उक्लिरहेको छ । गायक प्रकाशले चर्चित गीत ‘पिर’पछि आफ्नो अफिसियल यूट्युब च्यानलमार्फत ‘नभन विदेशी’ गीत सार्वजनिक गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्