×

NMB BANK
NIC ASIA

मुटुलाई स्वास्थ्य राख्न आग्रह गर्दै निकालियो र्‍याली

असोज १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवलमा विश्व मुटु दिवसका अवसरमा जनचेतनामूलक र्‍याली निकालिएको छ । सन् १९९९ बाट पहिलो पटक मनाउन शुरु गरिएको मुटु दिवस हरेक वर्ष सेप्टेम्बर २९ तारिखमा मनाउने गरिन्छ । आफ्नाे मुटु पनि स्वस्थ राखौँ र अरूको मुटु पनि स्वस्थ राखौँ भन्ने नारासहित बुटवलमा पनि मुटु दिवस मनाइएको हो । 

Muktinath Bank

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको आयोजनामा निकालिएको र्‍यालीमा विभिन्न संघसंस्थाहरूको सहभागिता रहेको थियो । योगिकुटी चोकबाट व्याण्डबाजासहित निकालिएको र्‍याली राजमार्ग चौराह, मिलनचोक हुँदै नयाँ बसपार्क पुगेर समापन गरिएको थियो । र्‍यालीमा सहभागीहरूले मुटुरोग तथा हृदयघातबाट कसरी जोगिन सकिन्छ भनी लेखिएका विभिन्न सचेतनामूलक प्लेकार्ड बोकेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

र्‍यालीपछि आयोजित कोणसभामा बोल्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा.समिर गौतमले आफ्नो जीवनशैली, खानपान र नियमित व्यायाममा ध्यान दिन सके मुटुरोगबाट बच्न सकिने बताए । उनले पछिल्लो समय नेपालमा मुटुरोगीहरूको संख्या बढ्दै गएको भन्दै धुम्रपान मुटुरोगको मुख्य कारण बनेको बताए । उनले धुम्रपान, मद्यपान, चिल्लो तथा तारेको खाना, बोसोलगायतको सेवनलाई रोक्न सके मुटुरोग लाग्नबाट जोगिन सकिने बताए ।


Advertisment
Nabil box
Kumari

डा. गौतमले धुम्रपानसँगै चिल्लो, गुलियो र नुनिलो यी तीन चिजलाई कम गर्न सके मुटुरोग लाग्नबाट धेरै हदसम्म जोगिन सकिने बताए । 

Vianet communication
Laxmi Bank

अस्पतालका अध्यक्ष एजाज आलमले वर्षमा कम्तिमा एकपटक भए पनि स्वास्थ्य परीक्षण गरी भविष्यमा हुन सक्ने स्वास्थ्य समस्याबाट सचेत बन्न आग्रह गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x