३२ असार २०८३, बिहीबार

मुटुलाई स्वास्थ्य राख्न आग्रह गर्दै निकालियो र्‍याली

मुटुलाई स्वास्थ्य राख्न आग्रह गर्दै निकालियो र्‍याली

बुटवलमा विश्व मुटु दिवसका अवसरमा जनचेतनामूलक र्‍याली निकालिएको छ । सन् १९९९ बाट पहिलो पटक मनाउन शुरु गरिएको मुटु दिवस हरेक वर्ष सेप्टेम्बर २९ तारिखमा मनाउने गरिन्छ । आफ्नाे मुटु पनि स्वस्थ राखौँ र अरूको मुटु पनि स्वस्थ राखौँ भन्ने नारासहित बुटवलमा पनि मुटु दिवस मनाइएको हो । 

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको आयोजनामा निकालिएको र्‍यालीमा विभिन्न संघसंस्थाहरूको सहभागिता रहेको थियो । योगिकुटी चोकबाट व्याण्डबाजासहित निकालिएको र्‍याली राजमार्ग चौराह, मिलनचोक हुँदै नयाँ बसपार्क पुगेर समापन गरिएको थियो । र्‍यालीमा सहभागीहरूले मुटुरोग तथा हृदयघातबाट कसरी जोगिन सकिन्छ भनी लेखिएका विभिन्न सचेतनामूलक प्लेकार्ड बोकेका थिए ।

र्‍यालीपछि आयोजित कोणसभामा बोल्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा.समिर गौतमले आफ्नो जीवनशैली, खानपान र नियमित व्यायाममा ध्यान दिन सके मुटुरोगबाट बच्न सकिने बताए । उनले पछिल्लो समय नेपालमा मुटुरोगीहरूको संख्या बढ्दै गएको भन्दै धुम्रपान मुटुरोगको मुख्य कारण बनेको बताए । उनले धुम्रपान, मद्यपान, चिल्लो तथा तारेको खाना, बोसोलगायतको सेवनलाई रोक्न सके मुटुरोग लाग्नबाट जोगिन सकिने बताए ।

डा. गौतमले धुम्रपानसँगै चिल्लो, गुलियो र नुनिलो यी तीन चिजलाई कम गर्न सके मुटुरोग लाग्नबाट धेरै हदसम्म जोगिन सकिने बताए । 

अस्पतालका अध्यक्ष एजाज आलमले वर्षमा कम्तिमा एकपटक भए पनि स्वास्थ्य परीक्षण गरी भविष्यमा हुन सक्ने स्वास्थ्य समस्याबाट सचेत बन्न आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्